भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

अतिवादी गतिविधिका लागि फेसबुक कम्पनी मेटा ‘दोषी ठहर

अतिवादी गतिविधिका लागि फेसबुक कम्पनी मेटा ‘दोषी ठहर

काठमाडौं । रुसको एक अदालतले फेसबुकको कम्पनी मेटालाई ‘अतिवादी गतिविधि’ मा दोषी ठहर गरेको छ । मस्कोस्थित त्र्भेस्कोयी जिल्ला अदालतले रुसमा मेटाको गतिविधिलाई बन्द गर्न माग गर्दै रुसी अभियोजनकर्ताहरुले दायर गरेको मुद्दामाथि सुनवाई गर्दै यस्तो ठहर गरेको हो ।

रुसी अभियोजनकर्ताहरुले रुसविरुद्ध घृणा फैलाउने एवम् रुसी नागरिकविरुद्ध हिंसात्मक टिप्पणीलाई छुट दिने मेटाको कदम अतिवादी रहेको उल्लेख गर्दै अदालतमा मुद्दा दायर गरेका थिए ।

अदालतले रुसमा मेटाका सामाजिक सञ्जालमाथि लगाइएका प्रतिबन्धलाई पनि सदर गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रुसमाथि विभेद गरेको र घृणा फैलाएको भन्दै मेटाका फेसबुक र इन्स्टाग्राममाथि प्रतिबन्ध लगाइएको हो ।

यद्यपि अदालतको पछिल्लो फैसलाले मेटाको अर्को सामाजिक सञ्जाल ह्वाट्सएपमा भने कुनै असर नपर्ने रोयटर्सले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.