भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

अत्यधिक गर्मीले तराइमा लु चल्ने

अत्यधिक गर्मीले तराइमा लु चल्ने

काठमाडौं । देशको अधिकांश भागको अधिकतम र न्यूनतम तापक्रम बढ्ने भएको छ । आज तराइका केही जिल्लामा तातो हावा (लु) चल्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायुको आंशिक प्रभाव रहे पनि सक्रिय नहुँदा गर्मी बढेको हो ।

हाल सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहेको छ । दिउँसो पहाडी भू भागमा सामान्य बदलीको सम्भावना छ भने कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुनेछ ।

राती भने कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना छ । अत्यधिक गर्मी तथा मेघ गर्जन र चट्याङ्गबाट हुन सक्ने क्षति वा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

 


Thali Mobile Pvt.Ltd.