भर्खरै : Sorry, your browser does not support inline SVG.
संसदमा बजेट चुहावटदेखि सीमा विवादसम्म : सांसदहरूले उठाए सरकारका कमजोरी | सुस्ता घटनाबारे हर्क साम्पाङको प्रश्न : ‘रक्षामन्त्री कहाँ छन् ?’ | इरानसँग युद्ध अन्त्यको सम्झौता नजिक पुगेको ट्रम्पको दाबी, सैन्य आक्रमणको योजना फिर्ता | दार्चुलामा भारत निकासी गर्न लागिएको ३९ बोरा झ्याउ बरामद, चार जना पक्राउ | सुनको मूल्यमा एकैदिन ५ हजार ३ सय रुपैयाँ वृद्धि, तोलाको २ लाख ९२ हजार पुग्यो | अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग | नेपालमा लागुऔषध नियन्त्रण गर्न प्रहरीको ३ वर्षे विशेष कार्ययोजना | गण्डकीसहित ५ प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह |

अदालतभन्दा सर्वोच्च जनता हुन्, केपी ‘कू’ विरूद्ध जनता सडकमा आइसके: महरा

अदालतभन्दा सर्वोच्च जनता हुन्, केपी ‘कू’ विरूद्ध जनता सडकमा आइसके: महरा

दाङ । प्रचण्ड–नेपाल पक्षको नेकपा स्थायी कमिटी सदस्य तथा पूर्वसभामुख कृष्णबहादुर महराले प्रधानमन्त्री केपी ओलीले गरेको कू विरुद्ध जनता सडकमा आइसकेको बताएका छन् ।

दाङको तुलसीपुरमा आयोजित प्रशीक्षण कार्यक्रममा महराले संघर्ष र बलिदानीबाट प्राप्त संविधानमाथि बतात्कार गरेर ओलीले ‘कू’ गरेको बताए । संविधानको रक्षा र बचाउ गर्नु जनताको कर्तब्य भएकाले अहिले त्यही अभियानमा लागेको बताए ।

नेकपाको प्रतिवेदन र विधान नै हरेक सदस्यको टेक्ने आधार भएको भन्दै महराले अरू कसले के गर्दै छ त्यसका पछाडि नलाग्न कार्यकर्तालाई निर्देशन दिए । समाजवाद भनेको मिलिजुली काम गर्ने र बाँडीचुँडी खाने हो भन्दै महराले अहिलेको व्यवस्था मिलिजुली काम गर्ने एक्लै खाने भएको जिकिर गरे । केपी ओलीको नेतृत्वमा भएको झुण्ड र गूटले समाजवाद विरोधी काम गरिरहेको दावी गरे ।

 


Thali Mobile Pvt.Ltd.