भर्खरै : Sorry, your browser does not support inline SVG.
वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित | सम्पत्ति शुद्धीकरणमा विभाग आक्रामक, सात मुद्दामा १ खर्ब १८ अर्ब रुपैयाँ बिगो दाबी | अमेरिका–इरान तनाव चुलिँदै, हुथी आक्रमणले पश्चिम एसियामा नयाँ संकट | ११ वर्षपछि औषधिको मूल्य पुनरावलोकन गर्दै सरकार, अत्यावश्यक औषधिको अभाव हटाइने | नेपालको वैदेशिक व्यापार २४ खर्ब नाघ्यो, आयातमै ८७ प्रतिशत हिस्सा | सरकारको दाबी : २ लाख २३ हजारभन्दा बढी बेटिङ एप र वेबसाइट बन्द | मल अभावले किसान सीमापार जेलमा, सरकार भने आपूर्तिको प्रचारमै व्यस्त | पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा |

अध्यादेश फिर्तासहित नेकपा केन्द्रीय समिति बैठक पुस १० गते बस्ने

अध्यादेश फिर्तासहित नेकपा केन्द्रीय समिति बैठक पुस १० गते बस्ने

काठमाडौँ । नेकपाको केन्द्रीय समिति बैठक पुस १० सम्मका लागि सारिएको छ ।

बुधबारको स्थायी कमिटी बैठकले केन्द्रीय समिति बैठक ५ दिन पछि सार्ने, सरकारले मंगलबार ल्याएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । प्रधानमन्त्री केपी शर्मा ओली एजेण्डामा असहमति जनाउँदै बैठकमा उपस्थित नभएपछि दिउँसो १ बजेका लागि बोलाइएको बैठक तीन घन्टा ढिलो गरी सुरु भएको थियो।

बैठकअघि ओली र प्रचण्ड बीच भएको भेटवार्तामा भदौ २६ को स्थायी कमिटी बैठकको निर्णय बमोजिम अघि बढ्ने, सरकारले ल्याएको अध्यादेश फिर्ता लिने तथा विशेष अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालयमा बुझाउन लागिएको आवेदन प्रक्रिया अगाडि नबढाउने जस्ता समझदारी भएपछि बैठक बसेको ओली निकटको दाबी छ ।

ओली पनि सहभागी भएलगत्तै बसेको स्थायी कमिटी बैठकले संवैधानिक नियुक्तिहरु सहमतिको आधारमा गर्ने पनि निर्णय गरेको पनि प्रवक्ता श्रेष्ठले बताए।

 


Thali Mobile Pvt.Ltd.