भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

अपाङ्गता भएका व्यक्तिको ३० औँ अन्तर्राष्ट्रिय दिवस

अपाङ्गता भएका व्यक्तिको ३० औँ अन्तर्राष्ट्रिय दिवस

काठमाण्डौं । आज अपाङ्गता भएका व्यक्तिको ३० औँ अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रमगरी मनाइँदै छ । समावेशी, सुलभ र दिगो, कोभिड–१९ पछिको विश्वतर्फ अपाङ्गता भएका व्यक्तिको नेतृत्व र सहभागिता भन्ने नाराकासाथ विश्वभर दिवस मनाइँदैछ ।

नेपालमा भने ‘हाम्रो प्राथमिकताको आधार, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार’ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ । सन् १९८२ को डिसेम्बर ३ तारिखमा संयुक्त राष्ट्र सङ्घले अपाङ्गता सम्बन्धी विश्व कार्ययोजना पारित गरेपछि सन् १९९२ देखि यो दिवस मनाउन थालिएको हो ।

अपाङ्गता भएकाहरुले भोग्नु परेको समस्यामाथि छलफलसँगै चुनौतीको समाधान निकाल्न, अपाङ्गता सम्बन्धी जागरण फैलाउन र अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ दिवस मनाउने गरिएको हो ।

२०६८ सालको जनगणना अनुसार नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको सङ्ख्या साढे पाँच लाख रहेको राष्ट्रिय अपाङ्ग महासङ्घ ले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.