भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

अब केपी ओलीको केही चल्दैन: डा.भीम रावल

अब केपी ओलीको केही चल्दैन: डा.भीम रावल

काठमाडौं । स्थायी समिति सदस्य डा. भीम रावलले सहिदका रगतमा होली खेलेर लोकतान्त्रिक गणतन्त्रलाई ध्वस्त बनाउने कुचेस्टा गर्ने ओलीलाई जनताले बढारेर फाल्ने बताएका छन् ।

नेकपा प्रचण्ड–माधव नेपाल समूहको सुदूरपश्चिम प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै उनले जनताका अगाडि निरंकुश शासन नटिक्ने बताए । संविधानको रक्षा र देशको राष्ट्रियता स्वाधिनताको रक्षाका लागि सदैब तत्पर रहन कार्यकर्तालाई निर्देशन दिदै डा. रावलले कसैले लोकतन्त्रका मुल्य मान्यता मिच्छ भने जनता टुलुटुलु हेरेर नबस्ने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सबै कुरा लत्याएर संसद विघटन गरेपछि अब जनता जागिसकेको दाबी गर्दै जनताको अगाडि ओलीको केहि नचल्ने बताए ।

 


Thali Mobile Pvt.Ltd.