८ बैशाख २०७७ अमेरिका । कोरोनाको संक्रमणबाट मृत्यु भएका बिष्णुकुमार राईको शवले यतिबेला नेपाल देश खोजीरहेको छ । बिष्णुकुमारको निधन भएको खबर दुई हप्तापछि मात्रै थाहा भएको नेपाली समुदाय यतिबेला दुखित भएको छ । न्यूयोर्कमा रहेको नेपाली समुदाय त्यतिबेला आक्रान्त भएको छ ।
बिष्णुकुमार राईको शव बुझ्ने मान्छे नभएपछि दुखित भएको नेपाली समुदायले संचारमाध्यममा समाचारमा आएपछि मात्रै थाहा पाएका थिए । आफन्त कोही नहुनु, रोगले च्यापिरहनु र थला परुन्जेल अस्पतालसमेत देख्न नपाई घरभित्रै नेपालीको मृत्यु हुनुले न्यूयोर्कबासी नेपालीे निकै दुखित भएका हुन ।
बिष्णुकुमारले संसार छाडेको खबर न त उनको परिवारले थाहा पायो नत उनका आफन्तले नै थाहा पाए । अमेरिकामा उनको मृत्युपश्चात सोधखोज गर्ने मान्छेसम्म कोही नहुँदा कर्मचारीले विवरण संकलन गरी शव सरकारलाई जिम्मा लगाएका छन् ।
संचारकर्मीको जानकारी अनुसार कोरोना संक्रमण भएपछि उनी अस्पतालमा उपचारका लागि पुगेका रहेछन् । उनको मृत्यले अहिले आफन्त र आफ्नो देश नेपाल खोजिरहेछ। परिवार, आफन्त र राम्रो जीवन जीउन जीवित हुँदासम्म अमेरिकी सपनाले दिनरात नभनि बिष्णुलाई दौडाइरेको रहेछ ।
वर्षौपहिले अमेरिका पुगेका उनी पछिल्ला दिनमा प्राय अलपत्रजस्तै रहेछन् । कामपनि छाडिसकेका उनले जीवन जिउने मदानी समेत घोल्न छाडिसकेका रहेछन् । परदेशी मुलुकमा पसेका २७ वर्षयी उनी संसारबाट विदा त भए तर उनको विदाइले अहिले अमेरिकामा रेहेका नेपालीलाई नयाँ पाठ सिकाएको छ ।
काठमाडौं बाँसबारीका बासिन्दा भनिए पनि उनी नेपालमा कुन जिल्ला र गाउँमा जन्मिएका हुन् ? उनका साथमा रहेको कागजातमा कुनै जानकारी भेटिँदैन् । २७ मार्चमा संसार छाडेका बिष्णु कुमारको प्राप्त कागजातलाई आधार मान्दा उनको जन्म सन् १९४८ अप्रिल २५ मा भएको हो। वर्क परमिटमा जन्मदेश नेपाल भनेर उल्लेख छ ।
कोराेना कहर : अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४१ हजार नजिक पुगको छ । जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लाे तथ्यांक अनुसार त्यहाँ ४० हजार ६ सय ६१ जनाको ज्यान गइसकेको छ भने सङ्क्रमित हुनेहरूको संख्या साढे सात लाखभन्दा बढी छ ।
अमेरिकामा सबैभन्दा बढी मृत्यु न्यूयोर्क राज्यमा भएको छ । ज्यान गुमाउनेमध्ये करिब १४ हजार ५०० न्यूयोर्कमा छन् । आइतवार राष्ट्रपति डोनल्ड ट्रम्पले ४० लाखभन्दा बढी अमेरिकीहरूको परीक्षण गरिसकिएको र परीक्षण तीव्र गतिमा अगाडि बढाइएको बताएका छन् । उनले नियमित पत्रकार सम्मेलनमा बोल्दै भनेका छन् । ‘परीक्षणमा कुनै पनि देश हामी नजिक छैन ।’ यसैबीच कोरोनाभाइरसको विश्वव्यापी सङ्क्रमण २४ लाख नाघेको छ ।
विश्वभर मृत्यु हुनेको संख्या १ लाख ५६ हजार भन्दा बढी छ । मृत्युका हिसाबले अमेरिकापछि सबैभन्दा बढी प्रभावित इटली छ । त्यहाँ २३,६६० ले ज्यान गुमाएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कले देखाएको छ । इटलीमा सङ्क्रमितहरूको संख्या १७८,९७२ पुगेको छ । त्यस्तै युरोपको दोस्रो सबैभन्दा बढी प्रभावित मुलुक स्पेनमा १९६,६६४ सङ्क्रमित छन् । त्यहाँ २० हजार चार सय ५३ जनाले ज्यान गुमाइसकेका छन् । स्पेनपछि फान्समा १९ हजार ७ सय १५ जनाको ज्यान गएको छ भने संक्रमितको संख्या १ लाख ५४ हजार ९७ रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । आर्थिक शोषणविरूद्ध मिटरव्याज पीडितहरूले जनजागरण अभियान सञ्चालन गर्ने भएका छन् । मिटरव्याजविरूद्ध किसान मजदुर आन्दोलन नेपालले शुक्रवार जनकपुरधाममा एक पत्रकार सम्मेलन गरी अभियान शुरुवात गर्ने घोषणा गरेका...
काठमाडौं । शीतलहरका कारण कोशी र मधेश प्रदेशमा जनजीवन प्रभावित बनेको छ । शीतलहर तुषारोको कारण जनजीवन प्रभावित भएको हो । पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले शीतलहर चलेको मौसम...
तनहुँ । तनहुँको व्यास नगरपालिकाका चार वटा वडा जोड्ने सडकको काम सुस्त भएको छ । गएको जेठदेखि शुरू भएको सडकको स्तरोन्नतिको काम सुस्त भएपछि गति बढाउन व्यास नगरपालिकाले सम्बन्धित...
काभ्रे । काभ्रेमा आगलागी हुँदा एक महिलाको ज्यान गएको छ । काभ्रेको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङमा आगलागीमा एक महिलाको ज्यान गएको हो । आगो पाँच वटा दमकलको सहायतामा सेना, प्रहरी,...