भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

अमेरिकामा थप एक नेपालीकाे मृत्यु

अमेरिकामा थप एक नेपालीकाे मृत्यु

काठमाडाै‌ । काेराेना स‌ंक्रमणबाट अमेरिकामा अर्को एक जना नेपालीकाे मृत्यु भएकाे छ । न्यूयोर्कमा बस्दै आएका ४४ बर्षिय पवनकुमार मल्लको मृत्यु भएको हाे ।

बिगत ३ हप्तादेखी बिरामी रहेका मल्लको न्यूयोर्क उडसाइडस्थित आफ्नै निवासमा बुधवार बिहान मृत्यु भएको जनाइएकाे छ। काेिभड – १९ का बिरामी पवनकुमार उपचारका लागि केहीदिन पहिले अस्पताल पुगेका थिए ।

तर अस्पतालले ठाँउ नभएको भन्दै भर्ना लिन नमाने पछि घर मै निधन भएकाे अमेरिकामा बस्दै आएकी पद्यमा प्रधानले जानकारी दिइन् । सन् २०१२ मा अमेरिका पुगेका मल्लले न्यूयोर्कमा ग्रिन क्याब नामक ट्याक्सी चलाने काम गर्थे ।

मल्लका एक श्रीमती र दुई छोरी नेपालमा छन् । हालसम्म अमेरिकामा पाँच सय भन्दा बढी संक्रमित भएको जनाइएको छ।

 


Thali Mobile Pvt.Ltd.