५ असार २०७७ काठमाडौं । कोरोना भाइरसबाट असर परेको अर्थतन्त्रमा रिकभरी हुने स्थिति अझै पनि रहेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । राष्ट्रियसभाको बैठकमा आर्थिक विधेयक २०७७ माथि विचार गरियोस भन्ने प्रस्तावमाथि भएको सैद्धान्तिक छलफलमा अर्थतन्त्रको रिकभरी भीसेपमा हुन सक्ने बताएका हुन् ।
हेर्नुहाेस भिडियाे…
https://www.facebook.com/Kailashkhabarnews/videos/952414248496715/
भूकम्पपछि आर्थिक संरचनाहरुमा क्षति हुँदासमेत अर्थतन्त्रलाई भीसेपको रिकभरी गरिएको उल्लेख गर्दै अहिलेको अवस्थामा पनि भीसेपको रिकभरी सम्भव भएको उनको जिकिर छ । अर्थमन्त्री खतिवडाले अर्थतन्त्रका केही सवल पक्षहरू कायम नै रहेकोले त्यसलाई परिचालन गर्दा श्रम बजारको समस्या र आपूर्ति श्रृंखलालाई सहज बनाउन सजिलो हुने ठहर गरे ।
निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उपकरणहरूमा सरकारले सहजीकरण गरिरहेको भन्दै बैंकिङ प्रणालीबाट कर्जा प्रवाह गर्ने, विद्युतमा छुट दिने लगायतका विषयमा सरकारले जोड दिएको बताए । उनले मुलुकमा झण्डै तीन चौथाइ लगानी निजी क्षेत्रको रहेकाले निजी क्षेत्रलाई सरकारले बिर्सिन नसक्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पोखरा । पोखरा महानगरपालिकाका अधिकृत कपिल गिरीविरुद्ध घुससहित पक्राउ परेपछि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। गिरीले अख्तियारमा उजुरी परेको नक्कली विवरण देखाएर आफ्नै कार्यालयका कर्मचारीसँग २५ हजार...
काठमाण्डौ । तीन जना बालबालिका धनुषामा मृत भेटिएका छन् । धनुषाको शहीदनगर नगरपालिका–५ यदुकोहामा एकै परिवारका तीन जना बालबलिका मृत भेटिएका हुन । सुशील साहका ६ वर्षीय छोरा आदित्य,...
सुर्खेत। कर्णाली प्रदेश सरकारको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक समीक्षामा विकास बजेटको जम्मा २०% (३ अर्ब ९३ करोड) मात्र खर्च भएको छ। १८ अर्ब ७५ करोडको बजेटमध्ये ८०% खर्च...
भक्तपुर, ८ बैशाख । ‘नयाँ वर्ष, नयाँ सोच, युवाहरुको लागि प्रगतिको स्रोत’ भन्ने नाराका साथ आयोजित नवौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८१/०८२ मा करिब ३ लाख...