भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते | गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर | देशभर मनसुनी वायु सक्रिय, आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | कानुनविपरीत गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट देश निकाला | नेपालमा पनि मनाइँदै विश्व डुबेर मृत्यु रोकथाम दिवस, जनचेतना बढाउन जोड | बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध | वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित |

अर्थमन्त्री जनार्दन शर्मालाई फिर्ता बोलाएर नारायणकाजीलाई जिम्मेवारी दिनेबारे माओवादी केन्द्रमा छलफल

अर्थमन्त्री जनार्दन शर्मालाई फिर्ता बोलाएर नारायणकाजीलाई जिम्मेवारी दिनेबारे माओवादी केन्द्रमा छलफल

काठमाडौं । अर्थमन्त्री जर्नादन शर्मालाई फिर्ता बोलाउनेबारे माओवादी केन्द्रका नेताहरुले व्यापक छलफल गरेका छन् । पार्टीका शीर्ष नेताहरुका बीचमा अर्थमन्त्रीको काम कारवाहीको विषयलाई लिएर छलफल सुरु भएको हो ।

अर्थमन्त्रीको गतिविधिका कारण अब हामी धेरै नाङ्गिने ठाउँ छैन भन्दै नेताहरुले उनलाई फिर्ता बोलाउनुको विकल्प नरहेको शिर्ष नेताले बताए । अर्थमन्त्रीको विकल्प खोज्नुपर्ने कुरा उठेपछि प्रचण्डले शर्मालाई उनकै निवास खुमलटार बोलाएर छलफल गरेको बताएका छन् ।

अर्थमन्त्री शर्मासंग आइतबार दिउँसो चार बजे करिब दुई घण्टा छलफल भएको बताइएको छ । अर्थतन्त्र संकटमा रहेका बेला त्यसलाई सम्हाल्ने गरी काम गर्न नसकेको भन्दै शर्माको माओवादी र कांग्रेसभित्र आलोचना भइरहेको छ ।

शर्मालाई हटाउने कोसिस भएको भए पनि बजेट ल्याउने बेलामा नराम्रो सन्देश जाने भन्दै त्यसलाई बजेटपछि सारिएको एक नेताले बताए । ती नेताका अनुसार नारायणकाजी श्रेष्ठलाई अर्थमन्त्री बनाउनेमा छलफल भएको बुझिएको छ ।

 


Thali Mobile Pvt.Ltd.