भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

अर्थमन्त्री डा महत नै पुँजीगत खर्चबाट रूष्ट

अर्थमन्त्री डा महत नै पुँजीगत खर्चबाट रूष्ट

काठमाडौं । चालु आर्थिक वर्षमा २१ प्रतिशत कम पुँजीगत बजेट विनियोजन गरेको यो सरकार त्यसको कार्यान्वयनमा अक्षम देखिएपछि अर्थमन्त्री डा प्रकाशशरण महतले रुष्ट देखिन्छन् ।

चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा प्रस्तुत गर्दै अर्थमन्त्री डा महतले पुँजीगत खर्च विनियोजनको ८४ प्रतिशत मात्रै हुने संशोधित अनुमान गरेका छन् ।

चालु आर्थिक वर्षमा तीन खर्ब २ अर्ब रुपैयाँ पुँजीगत बजेट विनियोजन गरिएकोमा त्यसको ८४ प्रतिशत मात्रै खर्च हुने सरकारको अनुमान छ ।

चालु बजेट ८८ प्रतिशत र वित्तीय व्यवस्थातर्फको बजेट ८७ प्रतिशत खर्च हुने अनुमान सरकारको छ । यस वर्ष १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएका अर्थमन्त्री महतले खर्च बढाउन नसकिएको स्वीकार गरे ।

पछिल्लो ५ वर्षको बजेट केलाउँदा कुनै पनि सरकारले लक्ष्यको हाराहारी समेत बजेट खर्च गर्न सकेका छैनन् । यसै मेसोमा अर्थमन्त्री महत पनि थपिएका छन् ।

अर्थ मन्त्रालयले अबको ६ महिनामा बजेट खर्च बढ्ने आधारका रुपमा रासायनिक मलको खरिद, जाजरकोट र रुकुमपश्चिममा क्षति भएका आवास तथा संरचना पुनर्निर्माणका लागि निकासा भएको बजेटको खर्च, विद्युतीय राहदानी छपाइमा भएको अपुग खर्च निकासा, उखु किसानको भुक्तानी, सामाजिक सुरक्षाको अपुग रकम भुक्तानीजस्ता विषयलाई समेटेको छ ।

आम्दानीको स्रोत र लक्ष्यअनुसार र खर्च समेत कठिन देखिएपछि बजेट संशाधन गर्नु परेको उनको भनाइ छ । पछिल्लो आवमा विनियोजन र खर्चका बीचको अन्तर यस्तो छ ।

आर्थिक वर्ष २०८० ८१ मा विनियोजित बजेट १७ खर्ब ५१ अर्ब
संशोधित अनुमान १५ खर्ब ३० अर्ब यस्तै आर्थिक वर्ष २०७९, ८० मा विनियोजित बजेट १७ खर्ब ९३ अर्ब ८३ करोड ७३
खर्च १४ खर्ब २९ अर्ब ५६ करोड छ ।

आर्थिक वर्ष २०७८, ७९ मा विनियोजित बजेट १६ खर्ब ३३ अर्ब खर्च १३ अर्ब १० अर्ब छ । आर्थिक वर्ष २०७७, ७८ मा विनियोजित बजेट १४ खर्ब ७४ अर्ब, खर्च ११ खर्ब ८० अर्ब छ र आव २०७६ ७७ मा विनियोजन १५ खर्ब ३२ अर्ब ९७ करोड छ भने खर्च १० खर्ब ९१ अर्ब १३ करोड भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.