अलपत्र नागरिक बाेकेर वायुसेवा निगमको जहाज अष्ट्रेलिया जाने

अलपत्र नागरिक बाेकेर वायुसेवा निगमको जहाज अष्ट्रेलिया जाने image

२३ बैशाख २०७७ काठमाडौं । नेपालमा अलपत्र परेका अष्ट्रेलियन नागरिक लिएर नेपाल वायुसेवा निगमको ए ३३० वाइडबडी जहाज बुधबार अष्ट्रेलिया जाने भएको छ । अष्ट्रेलियन राजदूतावासले निगमको जहाज चार्टर गरी लैजान लागेको हो ।

२ सय ६४ अष्ट्रेलियन नागरिक लिएर दिउँसो साढे १ बजे जहाज उड्ने नेपाल वायु सेवा निगमले जनाएको छ । जाँदा यात्रु लिएर जाने भए पनि फर्कदा जहाज खाली आउने निगमका प्रवक्ता अर्चना खडकाले बताइन ।

जहाज मलेसिया ट्रान्जिट भएर जाने छ भने फर्कदा नेपाल सिधा उडान भर्ने खड्काले बताइन् । काठमाडौंबाट उडेको चार घण्टामा मलेसियाको राजधानी क्वालालम्पुर पुग्ने र त्यहाँ इन्धन भरेर उडेको जहाज करीब आठ घन्टामा अस्टेलियाको सिड्नी पुग्ने छ ।

यस अघि नेपाली दुतावास अष्ट्रेलियाले जहाज खाली नपठाउने बताएका थिए । नेपाल जान चाहनेलाई सोही जहाजमा पठाउने विज्ञप्ती निकालेको थियो । निगमका अनुसार सो जहाज खाली नेपाल आउने छ । निगमको अर्को वाइडबडी जहाज ५:३० मा बेइजिङ जाने छ । निजि क्षेत्रको स्वास्थ्य सामग्री लिन जहाज चीन जाने खड्काले बताइन् ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • हावाहुरीका कारण झापामा एक जनाको ज्यान गयो image

    हावाहुरीका कारण झापामा एक जनाको ज्यान गयो

    झापा, १५ बैशाख । झापाको हल्दीबारी गाउँपालिका-५ त्रिवेणी चोकमा गएको राति आएको हावाहुरीले टिनको छाना भएको घर भत्किँदा ६५ वर्षीय मानबहादुर मगरको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय झापाका...

  • मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै image

    मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

    मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी खोलामा धमाधम मोटरेबल पुल निर्माण भइरहेको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास...

  • किरियापुत्री भवन निर्माणका लागि गठ्ठाघरमा श्रीमद्भागवत महायज्ञ हुने image

    किरियापुत्री भवन निर्माणका लागि गठ्ठाघरमा श्रीमद्भागवत महायज्ञ हुने

    भक्तपुर, १ जेठ । भक्तपुरको गठ्ठाघरमा अधुरो रहेको किरियापुत्री भवन निर्माण सम्पन्न गर्न आगामी जेठ ४ गतेदेखि श्रीमद्भागवत महायज्ञ हुने भएको छ। सनातन पितृमुक्ति समाज गठ्ठाघरको आयोजनामा हुने महायज्ञबाट...

  • ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए image

    ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

    म्याग्दी, १ जेठ । विगत तीन दशकयता यहाँको ऐतिहासिकस्थल ज्यामरुककोट क्षेत्रका दुई दर्जनभन्दा बढी कुवा र पँधेराहरु नासिएका छन् । तत्कालीन पर्वत राज्यअन्तर्गतको शक्तिशाली ज्यामरुककोटमा १७औँ शताब्दीमा ज्यामरुके राजा...


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.