भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

अस्पतालमा रोकियो शल्यक्रिया

अस्पतालमा रोकियो शल्यक्रिया

विराटनगर । कोसी अस्पतालको हाडजोर्नी विभागमा पानी आपूर्ति समस्या भएपछि सातवटा शल्यक्रिया प्रभावित भएका छन् ।

बिहीबार हाडजोर्नीसँग सम्बन्धित सात जना बिरामीको शल्यक्रिया गर्ने तालिका थियो । पानी नहुँदा शल्यक्रिया रोकिएको हो ।

बुधबारदेखि नै विभागको पानी आपूर्ति प्रणालीमा समस्या देखिएको, पुरानो पाइपलाइन भएका कारण प्लम्बर खटाइए पनि बिहीबार १० बजेसम्म मर्मत हुन नसक्दा यस्तो समस्या आएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. रविनराज सिंहले बताए ।

चिकित्सकले शल्यक्रियामा प्रयोग गर्ने सामग्रीदेखि बिरामीलाई प्रयोग गरिने स्टिलका सामग्री पानीमा उमालेर मात्रै प्रयोग गर्नुपर्ने हुन्छ तर पानी आपूर्ति गर्ने मुख्य पाइपलाइनमा समस्या भएपछि ‘वाटर प्युरिफाई प्लान्ट’समेत बन्द हुन पुग्यो ।

जसका कारण शल्यक्रिया सामग्री स्टरलाइजेसन र डिस्इन्फेक्सन गर्न नसकिएको मेसु सिंहले बताए । पाइपलाइनभित्र लेदो जमेका कारण पानी आपूर्तिमा अवरोध भएको बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.