भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

आइसोलेसन निर्माण सुस्त

आइसोलेसन निर्माण सुस्त

झापा । झापाको दमक नगरपालिकामा कोरोना भाइरसको सङ्क्रमणको त्रास बढ्दो छ । अहिलेसम्म नगरपालिकामा १८९ जनामा कोरोना सङ्क्रमण देखिसकेको छ । तीमध्ये १५५ जना सङ्क्रमित भने उपचारपछि निको भएर घर फर्किसकेका छन् भने एक सङ्क्रमित महिलाको ज्यान गएको छ । वडा नं १ का ५८ वर्षीय सङ्क्रमित एक पुरुषको भने काठमाडौँमा उपचारका क्रममा ज्यान गएको थियो ।

पछिल्ला समय कोरोना सङ्क्रमणबाट नगर प्रमुख रोमनाथ ओलीसहित तीन जना जनप्रतिनिधि उपचाररत हुनुहुन्छ । अहिले नगरमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३३ रहेको छ । तीमध्ये २५ जना होम आइसोलेसनमै उपचाररत रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।दुई दिनअघि यहाँ ३०० जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि कन्काई नगरपालिकाको कोटीहोमस्थित प्रयोगशालामा पठाइएको छ । यसअघि सङ्क्रमण देखिइसकेका व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिको स्वाब सङ्कलन गरिएको छ । नगरपालिकामा व्यवस्थित आइसोलेसन नहुदाँ समस्या भएको छ ।

सङ्घीय सरकारले स्थानीय तहमै कोभिड–१९ विशेष कम्तीमा ३० बेडको आइसोलेसन कक्ष निर्माण गर्न सर्कुलर गरिसकेको भए पनि यहाँ भने अहिलेसम्म छुट्टै आइसोलेसन कक्ष सञ्चालनमा आउन सकेको छैन । आम्दा अस्पतालमा केही आइसोलेसन कक्ष रहेका भए पनि प्राय खाली छैनन् । नगरपालिकाले छुट्टै कोरोना विशेष उपचारस्थल र सङ्क्रमितको मृत्यु भइहाले शव व्यवस्थापनका लागि कुनै पूर्वतयारी नगर्दा सङ्क्रमितको उपचार तथा मृत्युपछि हुने अन्त्येष्टि कार्यमा समस्या हुँदै आएको छ ।

नगरपालिकाले कोभिड–१९ को उपचारका लागि वडा नं २ स्थित पुरानो शरणार्थी समन्वय एकाइको कार्यालय रहेको भवन र सशस्त्र प्रहरीको बेलडाँगी–१ स्थित बेस क्याम्प परिसरमा एक महिना अघिदेखि भौतिक पूर्वाधारको व्यवस्था मिलाउने गरी काम अघि बढाए पनि त्यसले अझैसम्म पूर्णता पाउन सकेको छैन । रासस

 


Thali Mobile Pvt.Ltd.