भर्खरै : Sorry, your browser does not support inline SVG.
वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित | सम्पत्ति शुद्धीकरणमा विभाग आक्रामक, सात मुद्दामा १ खर्ब १८ अर्ब रुपैयाँ बिगो दाबी | अमेरिका–इरान तनाव चुलिँदै, हुथी आक्रमणले पश्चिम एसियामा नयाँ संकट | ११ वर्षपछि औषधिको मूल्य पुनरावलोकन गर्दै सरकार, अत्यावश्यक औषधिको अभाव हटाइने | नेपालको वैदेशिक व्यापार २४ खर्ब नाघ्यो, आयातमै ८७ प्रतिशत हिस्सा | सरकारको दाबी : २ लाख २३ हजारभन्दा बढी बेटिङ एप र वेबसाइट बन्द | मल अभावले किसान सीमापार जेलमा, सरकार भने आपूर्तिको प्रचारमै व्यस्त | पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा |

सांस्कृतिक संस्थान र दूरसञ्चार प्राधिकरणबीच सम्झौता

सांस्कृतिक संस्थान र दूरसञ्चार प्राधिकरणबीच सम्झौता

काठमाडौं । सांस्कृतिक संस्थानले सिएम ट्रेडिङ इन्टरप्राइजेज प्रालिसँग भएको ३० वर्षे सम्झौता भङ्ग गरी नेपाल दूरसञ्चार प्राधिकरणसँग नयाँ सम्झौता गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेशकुमार भट्टराईका उपस्थितिमा संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारी, महाप्रबन्धक अशोकप्यासी राई र प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालबीच मङ्गलबार सम्झौता आदानप्रदान गरिएको हो ।

काठमाडौँको जमलस्थित संस्थानको स्वामित्वमा रहेको सपिङ कम्प्लेक्स तथा अन्डरग्राउण्ड पार्किङ क्षेत्र सञ्चालन तथा व्यवस्थापनका लागि सिएम ट्रेडिङ र संस्थानबीच २०६४ सालमा ३० वर्षे सम्झौता भएको थियो । अत्यन्त न्यून दरभाउमा सम्झौता भएको भन्दै शुरुदेखि नै उक्त सम्झौतामाथि प्रश्न उठ्दै आएको थियो ।  मन्त्री भट्टराईले नयाँ सम्झौताले संस्थान आत्मनिर्भरतर्फ अघि बढेको बताउँदै अध्यक्ष तथा महाप्रबन्धकलाई धन्यवाद दिनुभयो । सिएम ट्रेडिङसँगको सम्झौतानुसार आव २०७७÷०७८ सम्म आइपुग्दा प्रतिवर्गफिट मासिक २० रुपैयाँ मात्र थियो । सोही स्थान दूरसञ्चार प्राधिकरणसँग मासिक प्रतिवर्गफिट ७० रुपैयाँ भाडा दर कायम गरी सम्झौता भएको छ । सांस्कृतिक संस्थान सञ्चालक समितिका अध्यक्ष अधिकारीले संस्थानको समृद्धिका लागि पुरानो सम्झौता बाधक भएको बताउनुभयो । “संस्थानको समृद्धिका लागि सिएम ट्रेड्रिङसँगको सम्झौता भङ्ग हुनु जरुरी थियो”, अध्यक्ष अधिकारीले भन्नुभयो, “संस्थानमा अरु पनि केही जटिल समस्या छन् । हरेक समस्या समाधानका लागि मेहनत गरिरहेका छौँ ।”

सिएम ट्रेडिङसँग भएको सम्झौता भङ्ग गरी प्राधिकरणसँग जीटुजी मोडेलमा नयाँ सम्झौता गरिएको महाप्रबन्धक राईले बताउनुभयो । “सङ्गीन अवस्थामा गुज्रिरहेको संस्थानको समृद्धिका लागि निर्मम भएर त्यस्ता समस्याको समीक्षा गर्न जरुरी छ”, उहाँले भन्नुभयो । गत पुसदेखि कार्यभार सम्हाल्नुभएका महाप्रबन्धक राईले संस्थान सुधारका लागि २२ बुँदे कार्ययोजना प्रस्तुत गर्दै सिएम ट्रेडिङसँग भएको असन्तुलित सम्झौतालाई पुनरवलोकन गरिने पनि उल्लेख गर्नुभएको थियो । सिएम ट्रेड्रिङसँगको सम्झौतानुसार आव २०७७÷७८ मा संस्थानले लगभग एक करोड ३० लाख रुपैयाँ प्राप्त गथ्र्यो भने प्राधिकरणबाट दुई करोड पाँच लाख रुपैयाँ प्राप्त गर्ने भएको छ । नयाँ सम्झौतामा प्रत्येक दुई वर्षमा १० प्रतिशतका दरले भाडा वृद्धि हुने पनि उल्लेख छ । दशवर्षे नयाँ सम्झौतानुसार आव २०८७÷८८ मा संस्थानले प्राधिकरणबाट वार्षिक तीन करोड आठ लाख रुपैयाँ प्राप्त गर्नेछ । पुरोना सम्झौतानुसार संस्थानले एक करोड ७१ लाख रुपैयाँ मात्र पाउने थियो । रासस

 


Thali Mobile Pvt.Ltd.