एजेन्सी । युक्रेनमा रुसले गरेको आक्रमणमा परि ५१ जनाको मृत्यु भएको छ । युक्रेनको खार्किभ प्रान्तको दक्षिण–पूर्वी ह्रोजा गाउँमा एक जना युक्रेनी सैन्य जवानको अन्तेष्टी कार्यक्रम चलिरहँदा रुसले मिसाइल हमला गरेको युक्रेनले दाबी गरेको हो ।
खार्किभका क्षेत्रीय प्रमुख ओलेह सिन्येहुबोभले आक्रमणलाई यस क्षेत्रको अहिलेसम्मकै “रक्तपातपूर्ण अपराध“ को रूपमा वर्णन गरे । एउटै गाँउको २० प्रतिशत जनसंख्या रुसी हमलामा मारिएको उहाँको भनाई छ ।
आक्रमणमा परेको यो गाउँ रूस र युक्रेनी सेनाहरू बीचको भिडन्तको अग्रपंक्तिमा रहेको छ । युक्रेनको रक्षा मन्त्रालयले उक्त क्षेत्रमा कुनै सैन्य अखडा नरहेको पनि जनाएको छ ।
