आगलागीबाट जाजरकोटमा पाँच घर नष्ट

आगलागीबाट जाजरकोटमा पाँच घर नष्ट

जाजरकोट । नलगाड नगरपालिका – ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन् । नेत्र चदाराको घरबाट सुरु भएको आगलागी दत्ते चदारा, सर्के चदारा, दलजीत चदारा र पर्से परियारको घरसम्म पुगेर पूर्णरूपमा जलेका हुन् ।

घरभित्र रहेका अन्न, लत्ताकपडा र भाँडाकुडा सबै जलेको स्थानीय निरज केसीले बताए। आगलागीबाट भएको क्षेती अझै खुलिनसकेको उनको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.