भर्खरै : Sorry, your browser does not support inline SVG.

आचार संहिता विपरीतका चुनाव प्रचार सामग्री हटाईंदै

आचार संहिता विपरीतका चुनाव प्रचार सामग्री हटाईंदै

भक्तपुर । निर्वाचन आचार संहिता विपरीतका प्रचार सामग्री हटाउने काम सुरु गरिएको छ । मध्यपुरथिमि नगरपालिका क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालयले नगर क्षेत्रको अनुगमन गर्दै जथाभावी राखिएका प्रचार सामग्री हटाउन थालेको हो ।

ठूला दलले आचारसंहिताविपरीत प्रचार सामग्री राख्ने गरेकाले सम्बन्धित पार्टीलाई त्यस्ता सामग्री हटाउन भनिएको र अटेर गरेकोले सुरक्षाकर्मीको टोलीद्वारा हटाउन थालिएको निर्वाचन अधिकृत मैया कँडेलले बताइन् ।

नगरका विभिन्न क्षेत्रमा पार्टीको झण्डा, चुनाव चिह्न, फ्लेक्स, गाडीमा राखिएका झण्डा, ब्याचजस्ता प्रचार सामग्री सुरक्षाकर्मी लगाएर हटाउने काम भइरहेको छ ।

यसैबीच निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै उम्मेदवारको सबै विवरण तयार पारिएको, मतदान केन्द्रमा खटिने कर्मचारीलाई तालिम प्रदान गरिएको र अब केही दिनमै कर्मचारीलाई मतदानस्थलमा खटाइने कार्यालयले जनाएको छ ।

मध्यपुरथिमि नगरक्षेत्रभित्र रहेका मतदान केन्द्रमध्ये केही अत्यन्तै साँघुरो स्थानमा रहेका, केही बाटोमै रहेकाले त्यस्ता संवेदनशिल निर्वाचन केन्द्रको अनुगमन एवं सुरक्षाको व्यवस्था मजबुद बनाउने गरी तयारी गरिएको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.