भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

आजदेखि आचारसंहिता लागू

आजदेखि आचारसंहिता लागू

काठमाडौं । आगामी १२ माघबाट हुने राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आजबाट आचारसंहिता लागू भएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी रुपमा भयमुक्त वातावरणमा सम्पन्न गर्न सरकारी निकायमा रहेका व्यक्ति, निकाय तथा अधिकारीलाई आचारसंहिता लागू गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

आयोगले आचारसंहिताको पालना गर्न सम्बन्धित सबैलाई आह्वान समेत गरेको छ। यदी आचारसंहिता कार्यान्वयन नभए कानूनी कारवाही गरिने भन्दै आचारसंहिताको पूर्ण रुपमा पालनाका लागि आयोगले निर्देशन दिएको छ ।

उम्मेदवार तथा सम्बन्धित व्यक्ति, सार्वजनिक पद धारणा गरेको व्यक्ति, पर्यवेक्षक, सरकारी तथा निजी क्षेत्रका सञ्चार माध्यम, सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई पनि आचार संहिता लाग्ने भनिएको छ ।

आयोगले निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारको अन्तिम नामावली आइतबार प्रकाशन र चुनाव चिन्ह प्रदान गरेको थियो ।

कसलाई लागू हुन्छ आचारसंहिता ?
संघ र प्रदेश सरकारका मन्त्री र कर्मचारी
स्थानीय तहका पदाधिकारी र कर्मचारी
सरकारी तथा अर्धसरकारी संस्थाका कार्यालय तथा कर्मचारी
सेना, प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र प्रदेश प्रहरी कार्यालय तथा सुरक्षाकर्मी
निर्वाचनको काममा संलग्न कर्मचारी
राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ संगठन
आचारसंहिता उल्लङ्घन गरे कडा भन्दा कडा कारबाही हुने आयोगले चेतावनी दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.