काठमाडौं । काेराेना भाइरसका कारण बन्द गरिएका लामो दूरीका सार्वजनिक यातायात संचालनमा अाएका छन् । यातायात व्यवसायीले बिहीबारबाट लामो दूरीको यातायात सञ्चालनमा ल्याएका हुन । सरकारले भदौ ३१ सम्म लामो दूरीको यातायात सञ्चालनमा रोक लगाएको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज १ देखि सञ्चालन गर्न अनुमति दिए पछि आजबाट सार्वजनिक सवारी साधन संचालनमा आएका हुन ।
सरकारले सबै सार्वजनिक यातायातले ५० प्रतिशत मात्रै यात्रु बोक्न पाउने व्यवस्था गरेअनुसार यातायात संचालन हुने भएका हुन् । यातायात संचालन भएपनि काठमाडाैकाे गंगबु स्थित नयाँ बसपार्कमा भने यात्रुकाे भिडभाड नभएकाे बसपार्कबाट कैलाश खबर सम्वाददाता गाेकर्ण लामिछानेले जानकारी दिए । यात्रुकाे सहजताका लागि व्यवसायीले अनलाइन टिकटकाे व्यवस्था गरेकाेले पनि भिडभाड नभएकाे हुन सक्ने उनकाे भनाइ छ ।
भिडियाे…
https://www.facebook.com/Kailashkhabarnews/videos/1094425474287411/
व्यवसायीले थप ५० प्रतिशत भाडा यात्रुसँग लिने भनेर सरकारले नै निर्णय गरेकाे छ । लकडाउन सुरु हुनुअगाडि धेरै मानिस आफ्नो घर गएकाले यसपालि दशैमा हुने भिडभाड भने नहुने देखिएको छ । यसपालि लाइनमा बस्नुपर्ने र मानिसको सम्पर्कमा हुँदा ज्यादा जोखिम हुने भन्दै व्यवसायीले अनलाइन टिकट काट्ने व्यवस्था गरेसंगै भिडभाड नहुने देखिएकाे छ ।

