भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आज नेकपा प्रचण्ड–नेपाल पक्षको काठमाडौंमा विशाल जन प्रदर्शन, ९ ठाउँबाट जुलुस उपत्यका घेर्ने

आज नेकपा प्रचण्ड–नेपाल पक्षको काठमाडौंमा विशाल जन प्रदर्शन, ९ ठाउँबाट जुलुस उपत्यका घेर्ने

काठमाडौँ । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा प्रचण्ड–नेपाल पक्षको केन्द्रीय संघर्ष समितिले आज शुक्रबार काठमाडौंमा विशाल विरोध प्रदर्शन गर्ने भएको छ ।

प्रदर्शनमा लागि प्रदेश, जिल्ला र मोर्चा संगठनबाट कार्यकर्ता तथा नेताहरु सगभागी हुने नेकपाले जनाएको छ । प्रतिनिधि सभा विघटनको खारेजी र संसद् पुनस्थापना गराउन विरोध र सभा गरिने प्रतिनिधिसभा स्थापना नभएसम्म संघर्षका कार्यक्रम जारी राखिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

नेकपाले विरोधसभाको निर्देशिका समेत जारी गरेको छ । माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रदर्शनीमार्ग, शान्तिवाटिका, त्रिचन्द्र कलेजबाट जुलुस निस्कने र नेताहरुले लिडिङ्ग गर्ने जनाइएको छ । जुलुस रत्नपार्कमा जम्मा भएर सभामा परिणत हुने जानकारी दिइएको छ । सभामा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । birodh

 


Thali Mobile Pvt.Ltd.