भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

आज नेकपा प्रचण्ड–नेपाल पक्षको काठमाडौंमा विशाल जन प्रदर्शन, ९ ठाउँबाट जुलुस उपत्यका घेर्ने

आज नेकपा प्रचण्ड–नेपाल पक्षको काठमाडौंमा विशाल जन प्रदर्शन, ९ ठाउँबाट जुलुस उपत्यका घेर्ने

काठमाडौँ । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा प्रचण्ड–नेपाल पक्षको केन्द्रीय संघर्ष समितिले आज शुक्रबार काठमाडौंमा विशाल विरोध प्रदर्शन गर्ने भएको छ ।

प्रदर्शनमा लागि प्रदेश, जिल्ला र मोर्चा संगठनबाट कार्यकर्ता तथा नेताहरु सगभागी हुने नेकपाले जनाएको छ । प्रतिनिधि सभा विघटनको खारेजी र संसद् पुनस्थापना गराउन विरोध र सभा गरिने प्रतिनिधिसभा स्थापना नभएसम्म संघर्षका कार्यक्रम जारी राखिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

नेकपाले विरोधसभाको निर्देशिका समेत जारी गरेको छ । माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रदर्शनीमार्ग, शान्तिवाटिका, त्रिचन्द्र कलेजबाट जुलुस निस्कने र नेताहरुले लिडिङ्ग गर्ने जनाइएको छ । जुलुस रत्नपार्कमा जम्मा भएर सभामा परिणत हुने जानकारी दिइएको छ । सभामा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । birodh

 


Thali Mobile Pvt.Ltd.