भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

आज पनि हिमपात हुने, सचेत रहन आग्रह

आज पनि हिमपात हुने, सचेत रहन आग्रह

काठमाडौं । केही दिनदेखिको प्रतिकूल मौसममा सुधार आउँने भनेपनि आज हिमाली क्षेत्रमा हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव अझै रहेको र अब विस्तारै कमजोर बन्दै जाने विभागको अनुमान छ । शनिबार पश्चिमी वायुको सामान्य प्रभाव रहेको महाशाखाले जानकारी दिएको छ । दिउँसो प्रदेश १, बाग्मती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य बाँकी भूभागमा बदली रहनेछ ।

प्रदेश १, बाग्मती र गण्डकीको उच्च पहाडी र हिमाली भूभागमा हिमपातको हुने भएकाले सचेत रहन महाशाखाले आग्रह गरेको छ । राति प्रदेश १ को पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

प्रदेश १ को पहाडी भूभागको एक दुई स्थानमा वर्षाको पनि सम्भावना रहेको छ महाशाखाले जानकारी दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.