भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

राप्रपामा नयाँ नेतृत्वका लागि मतदान हुँदै

राप्रपामा नयाँ नेतृत्वका लागि मतदान हुँदै

काठमाडौं । राप्रपाको नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । भृकुटीमण्डपमा साँझ ५ बजेसम्म चुनाव हुनलागेको राप्रपाले जनाएको छ । अध्यक्ष पदका दुई उम्मेदवार कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा होमिएका छन् ।

उपाध्यक्षमा नौजना, महामन्त्रीमा ६ जना र केन्द्रीय सदस्यका लागि २ सय ७६ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत राजु बस्नेतले बताए । चार उपाध्यक्षका लागि महिला कोटामा रोशन कार्की र लीलादेवी श्रेष्ठको उम्मेदवारी परेको छ ।

पुरुषतर्फ जगतप्रसाद गौचन, विक्रम पाण्डे, रामचन्द्र राय, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र दुर्गादेवी श्रेष्ठको उम्मेदवारी परेको केन्द्रिय सदस्यपदका उम्मेदवार बंशीकुमार शर्माले बताए । एक महिलासहित तीन महामन्त्रीका लागि रेखा थापा, कुन्तिकुमारी शाही, धवलशमशेर राणा, श्याम तिमल्सिना, भुवन पाठक र भाष्कर भद्राको उम्मेदवारी परेको शर्माको भनाइ छ ।

सदस्यमा एक सय ४१ मध्ये दुई सय ६४ जनाको उम्मेदवारी परेको उनले बताए । अध्यक्षको मतपत्र र पदाधिकारीसहित सदस्यको विद्युतीय मेसिनबाट मतदान गर्ने सहमति भएको शर्माले बताए । प्रारम्भिक नामावली भने २ बजे प्रकाशित हुनेछ ।

निर्वाचनमा देशभरबाट चार हजार ७ सय प्रतिनिधिले सहभागि भएको र नयाँ नेतृत्व चयनका लागि उनीहरुले मतदान गर्नेछन् । विद्युतीय मतदान भएकाले मतपरिणाम पनि छिट्टै आउने अपेक्षा गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.