आज मन्त्रिपरिषदलाई पूर्णता पाउँदै

आज मन्त्रिपरिषदलाई पूर्णता पाउँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका छन्।सत्तारूढ गठबन्धनका शीर्ष नेतासँग उनले मन्त्री हुनेहरूको नाम मागेका छन्।

आज बिहान दलहरूबाट मन्त्री हुनेहरूको नाम आएपछि मन्त्री नियुक्त गर्ने र आजै अपरान्ह मन्त्रीहरूलाई सपथ खुवाउने कार्यक्रम रहेको स्रोतको दाबी छ।

बिहीबार बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनमा मन्त्रालय भागबन्डामा सहमति जुटेको थियो। माओवादीबाहेक दलहरूले मन्त्री छान्न आन्तरिक गृहकार्य गरिरहेका छन्।

Mohotsav


Thali Mobile Pvt.Ltd.