भर्खरै : Sorry, your browser does not support inline SVG.

प्रतिनिधि सभाको बैठक बस्दै, एमालेले अवराेध गर्ने

प्रतिनिधि सभाको बैठक बस्दै, एमालेले अवराेध गर्ने

काठमाडाैं । प्रतिनिधि सभा बैठक आज बस्दै छ। दिउँसो १ बजे बस्ने बैठकका लागि दुई वटा सम्भावित कार्यसूची तय गरिएको संघीय संसद् सचिवालयले जनाएको छ।

बैठकमा प्रधानमन्त्री एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री शेरबहादुर देउवाले ‘संघीय निजामति सेवा विधेयक, २०७५’ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। प्रधानमन्त्री एवं भौतिक पुर्वाधार तथा यातायात मन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा उत्पत्ति भै प्रतिनिधि सभामा विचाराधीन रेल्वे विधेयक, २०७६’ फिर्ता लिन राष्ट्रिय सभाको सहमतिका लागि प्रतिनिधि सभाको सिफारिश प्राप्त गर्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाप्रति असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्षी नेकपा एमाले लगातार सदन अवरुद्ध गर्दै आएको छ। आजको बैठक पनि अवरुद्ध गर्ने एमालेको तयारी छ। यद्यपि सभामुख र सरकार एमालेलाई पेलेरै जाने रणनीतिकासाथ अगाडि बढिरहेका छन्।

 


Thali Mobile Pvt.Ltd.