भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

श्री एयरलाइन्सका सबै उडान स्थगित

श्री एयरलाइन्सका सबै उडान स्थगित

काठमाडौं । श्री एयरलाइन्सले आइतबारको सबै उडान स्थगित गरेको छ । विमान परीक्षण गर्ने भएका कारण आइतबारका लागि पूर्व निर्धारित सबै उडानहरू स्थगित गरेर हो ।

शनिबार काठमाडौंबाट धनगढीका लागि उडान भरेको जहाजमा केही प्राविधिक समस्या आएपछि विमान काठमाडौं नै फर्किएका थिए । श्री एयरलाइन्सलाई नागरिक उड्डयन प्राधिकरणले उडान स्थगित गरि सबै जहाजको चेकजाँच गरेर मात्रै उडान गर्न निर्देशन दिएको छ ।

श्री एयरलाइन्सका सबै उडान स्थगित गरी आइतबार दिनभर कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने र सोमबारदेखि भने उडान नियमित सञ्चालन हुने एयरलाइन्सले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.