भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

सरकारलाई सिबिफिनको चेतावनी, सुरक्षा प्रबन्ध नभए सबै सेवा बन्द हुने

सरकारलाई सिबिफिनको चेतावनी, सुरक्षा प्रबन्ध नभए सबै सेवा बन्द हुने

काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले सरकारलाई चेतावनी दिएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा आक्रमण र दुर्व्यवहारका घटना नरोकिए सेवा प्रवाह नै बन्द हुन सक्ने बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफन) ले सरकारलाई चेतावनी दिएको हो ।

सिबिफिनले बैंक तथा वित्तीय संस्थाका सबै कर्मचारीहरुको प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन प्रधानमन्त्री, गृहमन्त्री, गृह सचिव, प्रहरी महानिरीक्षक, ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायत सबैसँग विज्ञप्ति निकालेरै आग्रह गरेको छ । सुरक्षाको राम्रो प्रबन्ध नभएमा राष्ट्र बैंकबाट इजाजत प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो सेवा पूर्ण रुपमा बन्दै गर्ने चेतावनी दिदै यसले अर्थतन्त्रमै अकल्पनीय संकट आउन सक्ने जनाएको छ ।

अहिले विभिन्न व्यक्ति, समूह वा संघ संस्थाको आवरणमा बैंक तथा वित्तीय संस्थाको विश्वसनीयता वा सम्पत्तिमा हानि नोक्सानी पुर्‍याउने, कर्जाको साँवा ब्याज नतिर्न दुरुत्साहन गर्ने र कर्मचारीहरुलाई भौतिक आक्रमण तथा मानमर्दन लगायतका क्रियाकलाप हुँदा सेवा प्रवाहमा समस्या भइरहेको सिबिफिनले विज्ञप्तिमा उल्लेख गरेको छ ।

उसले विज्ञप्तिमा भनेको छ कार्यालयका शाखा तथा कर्मचारीमाथि विभिन्न व्यक्ति, संस्था तथा समूहबाट निरन्तर रुपमा भौतिक आक्रमण एवम् गैरकानूनी गतिविधि भइरहेको भन्दै सेवा नै बन्द गर्ने अवस्था आउन सक्ने जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.