भर्खरै : Sorry, your browser does not support inline SVG.
नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना | सरकारको पाक्षिक तलब योजना कार्यान्वयनमै रोकियो, पहिलो महिनामै कर्मचारी निराश | सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू | बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास |

आठ वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा दुई सय बीस गैँडाको मृत्यु

आठ वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा दुई सय बीस गैँडाको मृत्यु

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गरी बिगत आठ वर्षमा २ सय २० गैँडा मरेका छन् । निकुञ्जमा ६४ गैँडा बुढो भएर र भिरबाट लडेर मरेका छन् भने १९ गैँडा दलदलमा फसेर र बाढीले बगाएर मरेका हुन् । आर्थिक वर्ष २०७२ र ७३ देखि हालसम्ममा २ सय २० गैँडा मरेका हुन । विगत आठ वर्षमा एक सय भाले र ७६ पोथी गैँडा मरेका छन् भने लिङ्ग पहिचान नभएका ४४ गैँडा मरेका छन् ।

बाघको आक्रमणबाट २०, चोरी शिकारीबाट नौ, करेन्ट लागेर आठ, बिरामी तथा रोगी भएर १२, खाडलमा परी तीन, विष सेवनले पाँच तथा कारण नखुलेका २९ गैँडा रहेको मरेका छन् । आर्थिक वर्ष २०७२ र ७३ देखि यता निकुञ्जमा सबैभन्दा बढी गैँडा आव २०७५ र ७६ मा मरेको कार्यालयको तथ्याङ्कले देखाएको छ । उक्त आवमा ४३ गैँडा मरेका थिए । सबैभन्दा कम आव २०७२ र ७३ मा १४ गैँडा मरेको निकुञ्जले जनाएको छ ।

आव २०६५ र ६६ देखि आव २०७९ र ८० सम्म ३ सय २३ गैँडा मरेका छन् । निकुञ्जमा गैँडाको सङ्ख्या बढ्दै जाँदा आपसमा जुधेर र बूढो भएर मर्नेको सङ्ख्या धेरै रहेको निकुञ्जले जनाएको छ । आव २०७३ र ७४ मा २५, आव २०७४ र ७५ मा २६, आव २०७६ र ७७ मा २६, आव २०७७ र ७८ मा ३३ र आव २०७८ र ७९ मा ३७ गैँडा मरेका छन् । चालु आवको हालसम्म १६ गैँडा मृतावस्थामा भेटिएको निकुञ्जले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.