भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

आफ्ना नागरिकलाई सुरक्षा दिन नसकेको भन्दै इजरायल सरकारको आलोचना

आफ्ना नागरिकलाई सुरक्षा दिन नसकेको भन्दै इजरायल सरकारको आलोचना

एजेन्सी । हमासले गाजामा बन्दीहरूको भिडियो सार्वजनिक गरेको छ । गाजामा बन्दीहरूको भिडियो सार्वजनिक गरेकोमा तीनजना महिला बन्दी देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । भिडियोमा देखिएका तीन महिलामध्ये एकले रोएको देखिएको छ । बन्धकका परिवारजन सार्वजनिक भिडियो हेरेर भावविहल बनेका छन् ।

७६ सेकेन्ड लामो भिडियोमा एक महिलाले आफ्ना नागरिकलाई सुरक्षा दिन नसकेको भन्दै इजरायल सरकारको आलोचना गरेको देखिएको छ । हमासले कम्तीमा २ सय २९ जनालाई बन्दी बनाएकोमा केहीलाई भने रिहा गरिसकेको छ ।
हमासले सार्वजनिक गरेको भिडियोबारे इजरायलले ’मनोवैज्ञानिक प्रोपोगान्डा’ भनेको छ । इजरायलले हराएका तथा अपहरण गरिएका नागरिकलाई घर फर्काउन सबै हद पार गर्ने बताएको छ ।

 


Thali Mobile Pvt.Ltd.