भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आरोपी कारागार चलान

आरोपी कारागार चलान

सप्तरी । एक वर्ष अघि भएको बलात्कार घटनाका आरोपितलाई आज अदालतले कारागार चलान गरेको छ । जिल्ला न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले खडक नगरपालिका–७ कल्याणपुरका २५ वर्षीय मो। समरुद्दिन मियाँलाई आज पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाउने आदेश गरेको हो । एक्काइस वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा फरार रहेका आरोपितलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले बुधबार पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको थियो ।

प्रहरीले आज आरोपितलाई अदालतमा पेश गरेकोमा अदालतले थुनामा पठाउने आदेश गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताउनुभयो । आमासँगै जिल्ला प्रहरी कार्यालय पुग्नु भएकी पीडितले दिनुभएको उजुरी जिल्ला प्रहरी कार्यालयले गत माघ ९ गते दर्ता गरेको थियो ।

खडक नगरपालिका–६ स्थित पूर्व–पश्चिम राजमार्गमा रहेको आँपको बगैँचामा ०७६ फागुन १० गते आरोपितले बलात्कार गरेको पीडितले बताउनुभयो । पीडितका अनुसार चिनजानका आरोपितले केही जरुरी कुरा गर्नु छ भनी आँपको बगैँचामा लगेर नियन्त्रणमा लिई डर, धाक, धम्की देखाई अनुचित प्रभावमा पारी मुख थुनी, भाग्न उम्कन, रुन कराउन नदिई बलात्कार गरेको र कसैलाई भने ज्यान मार्ने डर, धाक दिए थिए । रासस

 


Thali Mobile Pvt.Ltd.