काठमाडौं । श्री एयरलाइन्सका एक जहाजको इन्जिन फेल भएको छ ।
काठमाडौंबाट ८७ जना यात्रुसहित धनगढीका लागि उडेको २२३ उडान नम्बरको जहाज काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको हो ।
जहाजको अब प्राविधिक जाँच गरिने स्रोतले बताएको छ ।