भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

इरानमा सरकारी दमन, बालबालिकासहित १० को मृत्यु

इरानमा सरकारी दमन, बालबालिकासहित १० को मृत्यु

काठमाडौं । इरानको दक्षिणपूर्वी क्षेत्रमा हिजाब विरोधी प्रदर्शनका क्रममा बालबालिकासहित कम्तीमा १० जनाको मृत्यु भएको छ ।

सिस्तान र बलुचिस्तान प्रान्तको मुख्य शहरमा गभर्नरको कार्यालयको छत र अन्य भवनबाट इरानी सुरक्षाकर्मीहरूले प्रदर्शनकारीमाथि गोली प्रहार गर्दा उनीहरुको मृत्यु भएको हो ।

यसैबीच, प्रदर्शनकारीहरूले सरकारी गाडीमा आगजनी गर्नुका साथै केही सरकारी भवन तोडफोड गरेका छन् ।

स्थिती नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले दर्जनौ सेल अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज गर्दा थुप्रै प्रदर्शनकारी घाइते भएका छन् ।

राजधानी तेहरानमा प्रहरीले हिरासतमा लिएकी २२ वर्षीया कुर्दिश महिला महसा अमिनीको मृत्युको विरोधमा देशव्यापी विरोध प्रदर्शन भइरहेका बेला इरानमा थप हिंसात्मक घटनाहरू हुन थालेका छन् ।

हजारौंको संख्यामा भेला भएका प्रदर्शनकारीले सरकार बिरुद्ध चर्को नाराबाजी गर्नुका साथै सरकारी दमनको घोर बिरोध गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.