भर्खरै : Sorry, your browser does not support inline SVG.
नदीमा सिधै फोहोर पानी नफाल्न उद्योगहरूलाई विभागको कडा निर्देशन | जलवायु परिवर्तनसँग जुध्न नेपालको चार प्रस्ताव, ५३ देशको समर्थन | आज र भोलि बाढीपहिरोको जोखिम, यी राजमार्गमा सतर्क रहन आग्रह | भोटेकोशी बाढीपहिरो : सुरुङभित्र ३७ शव फेला, ११औँ दिन चिनियाँ नागरिकको जीवितै उद्धार | काठमाडौँका विभिन्न क्षेत्रमा आठ दिन बिजुली कटौती हुँदै, कुन ठाउँमा कहिले ? | स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार |

उत्तरी रसुवामा निर्मित माथिल्लो साङ्जेनबाट विद्युत् उत्पादन शुरु

उत्तरी रसुवामा निर्मित माथिल्लो साङ्जेनबाट विद्युत् उत्पादन शुरु

काठमाण्डौ । साङ्जेन जलविद्युत् कम्पनीले निर्माण गरेको सिम्बू जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन शुरू भएको छ । माथिल्लो साङ्जेनको नामले निर्माण भएको १४ दशमलव आठ मेगावाट क्षमताको जलविद्युत् आयोजनाबाट यही साउन २० गतेदेखि उत्पादन हुन थालेको र उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा पठाउने काम सम्पन्न गरिएको हो ।

साङ्जेन जलविद्युत् कम्पनीका प्रबन्ध निर्देशक सुनिलकुमार ढुङ्गेलका अनुसार सन् २०१३ देखि निर्माण शुरू भएको माथिल्लो साङ्जेन जलविद्युत् आयोजनाले उत्पादन दिन थालेको र उत्पादित विद्युत् चिलिमे जलविद्युत्को राष्ट्रिय प्रसारण लाइनमार्फत् केन्द्रीय भण्डारणमा पठाइ सकिएको छ ।

विद्युत् उत्पादनका लागि समुन्द्र सतहबाट दुई हजार तीन सय ५० मिटरको उचाइ तिलुचे बगरमा बाधबाँधी एक हजार तीन सय मिटर भूमिगत सुरूङ एवम् एक सय ५६ मिटर पेनस्टक पाइपको सहायताले प्रतिसेकेण्ड ११ दशमलव छ घनमिटर पानी सिम्बू गाउँको पुछारमा निर्मित विद्युत् गृहमा पुर्‍याएको छ ।

तीन वटा फ्रान्सिस टर्वाइनमार्फत् वार्षिक रूपमा आठ करोड ८५ लाख युनिट विद्युत् उत्पादन हुने र आयोजनाबाट वार्षिक ४० करोड रुपैयाँ आय हुने प्रबन्ध निर्देशक ढुङ्गेलले बताउनुभयो।

विद्युत् गृह रहेको स्थान समुन्द्र सतहदेखि दुई हजार एक सय ८० मिटरको उचाइमा रहेको छ । यो आयोजना सम्पन्न भएसँगै अब रसुवाको जल सम्पदाले एक सय एक दशमलव आठ मेगावाट विद्युत् उत्पादन गराएको छ ।

यसभन्दा अगाडि विसं २०६० मा २२ मेगावाट क्षमताको चिलिमे, विसं २०७१ मा पाँच मेगावाट क्षमताको मैलुङ्खोला र विसं २०७६ मा ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्रि–ए जलविद्युत् केन्द्रले उत्पादन दिएको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.