भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह |

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले सात वर्षदेखि फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले सात वर्षदेखि फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले सात वर्षदेखि फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

जिल्ला अदालत उदयपुरले २०७२ असार १५ गतेको फैसलामा दोषी करार गरे पनि फरार रहेका रौतामाई गाउँपालिका–७ मुर्कुचीका चन्द्रबहादुर राना मगरलाई त्रियुगा नगरपालिका–५ दमौटीबाट पक्राउ गरेको हो। ज्यान मार्ने मुद्दामा अदालतले ६ वर्ष कैद सजाय तोकि फरार रहेका मगरलाई गोप्य

सुराकीका आधारमा त्रियुगा नगरपालिका ५ दमौटीस्थित आफन्तको घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेको विशेष टोलीले मगरलाई पक्राउ गरेको सूचना अधिकारी डिएसपी राकेश पोदारले बताए ।

पक्राउपछि जिल्ला प्रहरी कार्यालय ल्याइएका ५३ वर्षीय मगरलाई शुक्रबार फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा बुझाएको छ । प्रहरीले बुझाए लगत्तै अदालतले कैद सजाय भुक्तानका लागि मगरलाई कारागार शाखा गाईघाट पठाएको छ।

 


Thali Mobile Pvt.Ltd.