भर्खरै : Sorry, your browser does not support inline SVG.
तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल | थापाथली सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु |

दसैँमा घर जानेको भीड, उपत्यकाबाट ६ लाख बढी बाहिरिए

दसैँमा घर जानेको भीड, उपत्यकाबाट ६ लाख बढी बाहिरिए

काठमाडौं । हिन्दु धर्मालम्बीहरुको महान चाड दसैं सुरु भएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या बढेको छ । टीकाको दिन नजिकिंदै गर्दा काठमाडौं उपत्यका छाड्नेहरुको दिनप्रति दिन संख्या ह्वात्तै बढेको हो ।

यस वर्ष असोज ११ गतेदेखि असोज २५ गतेसम्म थानकोट, साँगा, फर्पिङ र तीन पिप्ले नाकाबाट गरी ६ लाख ५ हजारले उपत्यका छोडेको महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता (एसपी) संजिव शर्मा दासले बताए ।

यात्रुले भरिभराउ लामो दूरीका सवारिसाधनहरुले गर्दा काठमाडौंका मुख्य सडक अस्तव्यस्त भएका छन् । काठमाडौंबाट बाहिरिने नाकाहरु कलंकी, बल्खु, कोटेश्वर, बालाजु लगाएतका क्षेत्रहरुमा यात्रुहरुको ठूलो भीड लागेको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.