यार्सा गुम्बासहित पक्राउ परेका दुई जना सार्वजनिक

यार्सा गुम्बासहित पक्राउ परेका दुई जना सार्वजनिक

इनरुवा, । जिल्ला प्रहरी कार्यालय सुनसरीले यार्सा गुम्बासहित पक्राउ गरेका दुई जनालाई आज सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा खोटाङ रावाबैँशी गाउँपालिका–४ का २७ वर्षीय समीर गुरुङ र सङ्खुवासभा चैनपुर नगरपालिका–४ का ३२ वर्षीय श्यामकुमार लिम्बू रहेको कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए।

उनीहरुलाई आइतबार इटहरी उपमहानगरपालिका–६ स्थित जय नेपाल होटलबाट तीन किलो यार्सागुम्बासहित पक्राउ गरेको थियो । गोप्य सूचनाका अधारमा जिप्रकाबाट गएको प्रहरीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको बताए ।

Mohotsav


Thali Mobile Pvt.Ltd.