भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

उपत्यकामा स्मार्ट लकडाउन, यी काम नरोकिने

उपत्यकामा स्मार्ट लकडाउन, यी काम नरोकिने

काठमाडौं । कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले उपत्यकामा स्मार्ट लकडाउन लागु गरेको छ । मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले स्मार्ट लकडाउन​ कडाइ गर्ने निर्णय गरेको हो ।

आर्थिक गतिविधि र आवागमन नरोक्ने गरी स्मार्ट लकडाउन कार्यविधिअनुसार आदेश जारी गरिएको छ । स्मार्ट लकडाउनको आदेश मंगलबार मध्यराति १२ बजेदेखि लागू भएको छ । अब सार्वजनिक स्थलमा मास्कको प्रयोग र साबुन पानीले हात धुने जस्ता स्वास्थ्य मापदण्डको पालना अनिवार्य गरिएको छ ।

भीडभाड तथा राजनीतिक गतिविधिमा रोक लगाइएको छ । सार्वजनिक ठाउँमा २५ जना भन्दा बढी भेला हुन रोक लगाइएको छ । सार्वजनिक स्थलमा जाँदा माघ ७ देखि खोप लगाएको कार्ड देखाउनुपर्ने नियम अनिवार्य गरिएको छ । माघ १५ सम्म विद्यालय बन्द गरिएका छन् ।

पूर्वनिर्धारित परीक्षाहरूको हकमा स्वास्थ्य मापदण्ड पालना हुने गरी जेड आकारमा बसाई व्यवस्था गरी सञ्चालन गर्न अनुमति दिइएको छ । जिल्ला प्रशासन, मालपोत, नापी, यातायात व्यवस्था, आन्तरिक राजस्व, बैङ्क तथा वित्तीय संस्था आदिमा भीडभाड नहुने उपयुक्त तरिका अपनाएर सेवा प्रवाह गर्न भनिएको छ ।

कोभिड–१९ उपचार केन्द्र तथा आइसोलेसन केन्द्रलाई सुदृढ गरी पुनः सञ्चालनमा ल्याउन र अक्सिजनको अभाव हुन नदिन भनिएको छ । स्थानीय प्रशासनहरुले सर्वसाधारणलाई अत्यावश्यक नपरी घरबाहिर ननिस्कन र सार्वजनिक स्थानमा जाँदा अनिवार्य मास्क लगाउन भनेका छन् ।

कोभिड महामारी सम्बन्धि स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न, भौतिक दुरी कायम राख्न र साबुन पानीले बेलाबेलामा हात धुन पनि प्रशासनले आग्रह गरेको छ । यसैगरी, माघ ७ गतेदेखि सिनेमाघर र पार्टी प्यालेसलगायत सार्वजनिक स्थानमा जाँदा अनिवार्य खोप कार्ड देखाउन पनि आग्रह गरिएको छ । खोप कार्डको फोटो खिचेर मोबाइलमा राखे पनि हुने ब्यवस्था गरिएको छ ।

यस्तै, २५ जनाभन्दा बढी भेला नहुन पनि आग्रह गरिएको छ । औषधि लगायत अत्यावश्यक बस्तु तथा सेवा आपूर्तिमा कृतिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने गरेमा कानुन बमोजिम कारबाही गर्ने पनि आदेशमा उल्लेख छ । सरकारले यस अघि नै माघ १५ सम्मका लागि विद्यालय बन्द गरिसकेको छ ।

 


Thali Mobile Pvt.Ltd.