भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

एक चीन नीतिप्रति समर्थन जनाए लगत्तै खड्का बेइजिङतिर

एक चीन नीतिप्रति समर्थन जनाए लगत्तै खड्का बेइजिङतिर

काठमाडौं । ताइवान मामिला चर्किरहेको बेलामा परराष्ट्रमन्त्री नारायण खड्का चीन भ्रमणमा लागेका छन् ।

ताइवानका विषयमा भारत मौन रहेको छ भने यही बेलामा नेपालले चीनको एक चीन नीतिप्रति समर्थन जनाएको छ । यही विषय चर्चामा आएका बेला खड्का बेइजिङतिर लागेका हुन् ।

परराष्ट्रमन्त्री खड्काको भ्रमण दुई देशबीचको उच्चस्तरीय भ्रमण आदानप्रदानकै एउटा सिलसिला भएको परराष्ट्रले जनाएको छ ।

मार्च महिनामा चिनियाँ परराष्ट्रमन्त्री वाङ यी नेपाल भ्रमणमा आएका बेला खड्कालाई चीन भ्रमणको निम्तो दिएकोले खड्का चीन प्रस्थान गरेका हुन् । चीनको यो भ्रमण नेपालको निम्ति चुनौतीपूर्ण हुने परराष्ट्रविदहरुको ठम्याई छ ।

 


Thali Mobile Pvt.Ltd.