भर्खरै : Sorry, your browser does not support inline SVG.

एक साता बेनी–बागलुङ सडक बन्द

एक साता बेनी–बागलुङ सडक बन्द

म्याग्दी । एक साताका लागि बेनी–बागलुङ सडक पूर्णरुपमा बन्द गरिएको छ । एक साताका लागि म्याग्दीको बेनीदेखि रत्नेचौर हुँदै बाग्लुङ जोड्ने बेनी–रत्नेचौर–बागलुङ सडक पूर्ण रुपमा पूर्णरुपमा बन्द गरिएको हो ।

सडकखण्डको करिब साढे ३ किलोमिटर सडक कालोपत्रेको काम सुरू भएको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ । बेनी नगरपालिकाले एक सूचना प्रकाशन गरी बेनी–बाग्लुङ सडकअन्तर्गत बेनी नगरपालिका–१ र २ मा पर्ने रत्नेचौर–खवरा खण्डमा सडक कालोपत्रे गर्न वैशाख ५ गतेदेखि १२ गतेसम्म पूर्ण रुपमा बन्द रहने जानकारी गराएको छ ।

१४ किमि बेनी–बागलुङ सडक खण्डमध्ये नौ किलोमिटर सडक म्याग्दी र साढे चार किमि सडक बागलुङ जिल्ला भित्र पर्छ । वागलुङ क्षेत्रमा पर्ने सडक कालोपत्रे भइसकेको छ भने म्याग्दी क्षेत्रको सडकमध्ये साढे तीन किमि सडक कालोपत्रे गर्न बाँकी थियो ।

कोरोना भाइरस, कामदारको अभाव र विभिन्न समस्या देखाउँदै ठेकेदारले काम रोकेपछि कालोपत्रेको तयारी गरिएको सडक अन्तिम समयमा रोकिएपछि अलपत्र परेको थियो ।

रत्नेचौरबाट बेनीको खवरासम्मको उक्त सडक कालोपत्र गर्ने काम वि.सं.२०७४ मा रु १३ करोड १५ लाखको लागतमा कालोपत्रको ठेक्का देव एण्ड सायर बिएन जेभीले लिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.