भर्खरै : Sorry, your browser does not support inline SVG.
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै | विभिन्न जिल्लाबाट लागु औषधसहित १९ जना पक्राउ | बागमती सरकारबाट एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, मुख्यमन्त्री बानियाँ अल्पमतमा | एक्याप क्षेत्रमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु, मुस्ताङ सबैभन्दा प्रभावित | दोलखामा बाढीले एक जना बेपत्ता, भीरमा फसेका चार जनाको उद्धार प्रयास जारी | इरानसँगको युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च, थप ८७ अर्ब डलर बजेट माग | कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरोको जोखिम बढ्ने | कर्णाली विकासलाई तीव्रता दिन सरकार प्रतिबद्ध : सांसद रमेश सापकोटा |

एमाले सत्ता गुल्टियाे, मुख्यमन्त्री पाण्डेसहित ३ मन्त्री शपथ खाँदै

एमाले सत्ता गुल्टियाे, मुख्यमन्त्री पाण्डेसहित ३ मन्त्री शपथ खाँदै

हेटौंडा । एमाले सरकार ढालेर बागमतीमा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्दैछन् । उनले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने बताइएको छ । नेकपा एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य अल्पमतमा परेर राजीनामा दिएपछि पाण्डे मुख्यमन्त्री बन्न लागेका हुन् ।

एमाले विभाजन हुदा १३ जना प्रदेशसभा सदस्यले एकीकृत समाजवादी रोजे । पहिले माधव नेपाललाई साथ दिएकी पछि ओलीतर्फ आएर मुख्यमन्त्री पट्काएकी शाक्य १३ जनाकै कारण अल्पमतमा परेकी थिइन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका ५९ सांसदहरूको समर्थन पाएपछि पाण्डेले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । उनलाई आज दिउँसो पद तथा गोपनियताको शपथ ग्रहण गराउँने कार्यक्रम छ ।

पाण्डेले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने बताएका छन् । कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल, माओवादी केन्द्रकी उपनेता कुमारी मोक्तान र नेकपा एकीकृत समाजवादीका उपनेता कृष्ण खनाल मन्त्री बन्ने पक्का भएको छ । तत्काल तीन मन्त्रीसहित मुख्यमन्त्री पाण्डे सरकारमा जाने र तिहारपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने गठबन्धनले तयारी गरेको नेपाली कांग्रेस संसदीय दलका सचेतक निमा लामाले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.