भर्खरै : Sorry, your browser does not support inline SVG.
संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत |

ओमिक्रोनको असर घाँटीमा धेरै

ओमिक्रोनको असर घाँटीमा धेरै

काठमाण्डौ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले फोक्सोमा भन्दा घाटीलाई हानी गर्ने एक अध्ययन सार्वजनिक भएको छ ।ओमिक्रोन भेरियन्टले फोक्सोमा कम असर गर्ने बेलायतमा ६ वटा अनुसन्धान समूहले गरेको अध्ययनले देखिएको हो । यसले घाँटीमा बढी असर गर्ने देखिएको युनिभर्सिटी अफ लिभरपुल मोलकुलर भाइरोलोजी रिसर्ज ग्रुपले प्रकाशित गरेको अध्ययनले देखाएको जनाइएको छ ।

युनिभर्सिटी कलेज लण्डनका भाइरोलोजी प्राध्यापक दीनन पिल्लेले अध्ययनमा ओमिक्रोन सङ्क्रमित बिरामीको फोक्सोमा कम हानी भएको पाइएको बताउनु भएको छ । मुसामा गरिएको अध्ययनले अन्य भेरियन्टले भन्दा ओमिक्रोनले फोक्सोलाई १० प्रतिशत कम हानी गरेको पाइएको हो । ओमिक्रोन सङ्क्रमित मुसाको तौल खासै नघटेको तथा निमोनिया भए पनि सामान्य मात्र असर देखिएको उल्लेख छ ।

 


Thali Mobile Pvt.Ltd.