काठमाडौं । औषधि पसलहरु बन्द गर्नुपर्ने अवस्था सिर्जना हुने औषधि व्यवसायीहरुले बताएका छन् । शुक्रवार नेपाल औषधि व्यवसायी संघको दोस्रो वार्षिक साधारण सभामा सहभागीहरुले उक्त कुरा बताएका हुन ।
औषधि व्यवसायीहरुलाई बीमामा संलग्न गर्न नसके निकट भविष्यमा नै औषधि पसलहरु बन्द गर्नुपर्ने अवस्था सिर्जना हुने साधारण सभामा सहभागीहरुले बताएका हुन । उनीहरुले औषधि व्यवसायीहरुलाई पनि बीमामा जोड्नुपर्ने माग राखेका छन् ।
फार्मेसीहरुमा विकृति धेरै बढेको र पछिल्लो समय अमर्यादित रुपमा व्यवसायहरु सञ्चालन भइरहेको समेत उनीहरुले उल्लेख गरेका थिए । रोक लगाइएका औषधिहरु गैरकानूनी रुपमा बेच्ने काम नेपालमा भइरहेको र यसलाई सरकारले समयमा नै निरीक्षण गरी कारबाही गर्नुपर्नेमा जोड दिएका थिए ।
उनीहरुले इन्स्योरेन्सको समस्या धेरै बढेकाले व्यवसायीहरुको पसल बन्द गर्नुपर्ने अवस्था आइसकेको तर्क गरेका छन् ।
