भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि |

अमेरिका अफगानिस्तानबाट अस्वाभाविक रुपमा निस्कीनु गलत

अमेरिका अफगानिस्तानबाट अस्वाभाविक रुपमा निस्कीनु गलत

काठमाडौं । अमेरिका अफगानिस्तानबाट अस्वाभाविक र असहज फिर्ती हुनुभन्दा पहिले नै सहजरूपले फिर्ता भएको भए राम्रो हुने अमेरिकाको एक अनुसन्धानात्मक प्रतिवेदनले देखाएको छ ।

काबुलको अन्तरराष्ट्रिय विमानस्थलबाट मानिसलाई बाहिर निकाल्दै गर्दा इस्लामिक स्टेटसमर्थितको आत्मघाती बम आक्रमण हुँदा १३ जना अमेरिकी सेना र १७० भन्दा बढी सर्वसाधारणको ज्यान गएको थियो ।

अमेरिकी सेना फिर्ता भएको केही दिनमै अफगान सरकारको पतन भएको थियो । राष्ट्रिय सुरक्षा परिषद्ले सन् २०२१ अगष्टमा अमेरिकी सैन्य उपस्थिति फिर्ताको बारेमा सरकारको निस्कर्ष जारी गर्दै एक्कासि अस्वाभाविक निर्णय गरेको थियो । उक्त निर्णयको सर्वत्र आलोचना समेत भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.