भक्तपुर । भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाललाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) चाँगुनारायण नगर समितिले ज्ञापनपत्र बुझाएको छ । चाँगुनारायण नगरपालिकाका विभिन्न स्थानमा निर्माण गरिएका भौतिक संरचानाहरु कमसल खालका निर्माण भएको भन्दै नेकपा (माओवादी केन्द्र) चाँगुनारायण नगर समितिले बुधबार ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्र बुझाउँदै नेकपा (माओवादी केन्द्र) चाँगुनारायण नगर समितिका अध्यक्ष नरेश खड्डकाले चांगुनारायण नगरपालिका वडा नं ९ स्थिति च्याम्हासिंह, ताँथली– नाला सडक खण्ड र वडा न ४ स्थित चाँगुनारायण–पौवा साखु सडक खण्डमा कमसल खालको निर्माण भएका कारण खाल्डाखुल्डी परेकाले दोषीलाई कारबाही गरि गुणस्तरीय सडक निर्माण गर्नु लगाउनुपर्ने बताए । उनले सडकमा भएका खाल्डाहरु पुरिनुपर्ने बताउँदै सम्बन्धित निमायले बैलैमा ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र चाँगुनारायाण नगरसमितिका उपाध्यक्ष रामकुमार तामाङले नेकपा (माओवादी केन्द्र) चाँगुनारायण नगर समिति अबका दिनमा चुप लागेर नबस्ने बताए । उनले चाँगुनारायण नगरपालिकामा भइरहेको भ्रष्टाचार र कमसल निर्माणलाई टुलुटु हेरी नबस्ने बताउँदै समयमै प्रशासनले ध्यान दिनुपर्ने तर्क गरे । उपाध्यक्ष तामाङले सबैको साझा दायित्व भएकाले कमसल निर्माण गर्ने कम्पनीलाई कारबाहीको माग गरे । सम्बन्धित निमायले समयमै कदम नचाले माओवादी केन्द्रले विरोधका कार्यक्रम घोषणा गर्ने उनले चेतावनी दिए ।
विगत लामोसमय देखि स्थानीयहरुले पटक–पटक दबाब र आन्दोलन गर्दै भएको कालोपत्रे सडक निर्माण सम्पन्न भएको एक महिना नपुग्दै विभिन्न स्थानहरुमा सडक भत्किएको र खाल्डाहरु भएको हुँदा उक्त सडकका लागि जिल्ला प्रशासन कार्यालयले अनुगमनका साथै कमसल निर्माण भए कारबाहीको भागिदारी बनाउन नेकपा माओवादी केन्द्र चाँगुनारायण नगर समिति माग गर्द छ उक्त ज्ञापन पत्रमा उललेख गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै भक्तपुरका प्रमुख जिल्ला अघिकारी खेगेन्द्र रिजालले बोटोको अवस्था हेरे र कानुनी कारबाहीमा जाने बताउदै जनाताका काममा आफू निरन्तर लागिरहेको जानकारी दिए ।
नेकपा माओवादी केन्द्र चाँगुनारायणले सडक डिभिजन कार्यालय भक्तपुरमा बुधबारै ज्ञापनपत्र बुझाएको र विहिबार चाँगुनारायण नगरपालिकामा पनि ज्ञापन पत्र बुझाउने जनाएको छ ।
भिडियाे हेर्नुहाेस्….
