कोरोना भाइरसको संक्रमण दिनदिनै फैलिरहेका बेला नेपालबाट जापान पुगेका नेपालीको अवस्था कस्तो छ ? काम कार्य कसरी भईरहेका छन् । नेपालीहरुलाई कस्ता किसिमका समस्याले सताईरहेको छ ? विशेषगरी कोरोना कहरमा कर्णाली प्रदेशबाट जापान पुगेका युवाहरुले कर्णाली समाज जापान गठन गरेका छन् । कोरोना कहरमा समाज गठन गर्नुको उदेश्य सहित कैलाश खबरमा अध्यक्ष कृष्ण शाहीसंग कुराकानी गरेका छौं । सोही कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत छ: सम्पादक
यहाँलाई कैलाश खबरमा स्वागत छ ।
धन्यवाद ।
सबैभन्दा पहिले बधाई सहित कार्यकाल सफल्ताको सुभकामना ।
धन्यवाद । हाम्रो आवाजलाई यहाँको लोकप्रिय मिडियामा समेट्ने अवसर प्रदान गर्नु भयो त्यसकालागि यहाँलाई पनि विशेष धन्यवाद ।
यो कर्णाली प्रदेश समाज जापान गठन गर्नुको कारण के हो ?
कर्णाली प्रदेश पिछडिएको, सिंहदरवारले हेर्ने दृष्टिकोण फरक छ । अहिले कोरोना महामारीमा पनि हाम्रो प्रदेशको अवस्था अन्य प्रदेशको भन्दा जटिल छ । त्यसैले जापानमा बसेका युवाले कर्णाली प्रदेश सरकारलाई सहयोग पुगोस भनेर आर्थिक, भौतिक, विपद जेमा सकिन्छ त्यसमा सहयोग पु¥याउनका लागि हामीले यो समाज गठन गर्नु परेको हो । र यहाँ पुगेका विद्यार्थीलाई भाषाको समस्या, कामको समस्या, भिसाको समस्या हुने भएकाले साथीहरुलाई अप्ठयारोमा परेकालाई सहयोग पु¥याउन गठन गरेका हौं । भूगोलका हिसावले दुरदराज मानिएको हामी कर्णालीबासीहरु पनि जापानमा अब जाग्नुपर्छ, आफ्नो माटोका लागि हाम्रो स्तरबाट हुन सक्ने सक्दो योगदानका लागि एकजुट हुनुपर्छ भन्ने मुलभुत मान्यताबाट हामी संस्थागतरुपमा एक भएका हौं ।
जापान जस्तो व्यस्त देशमा संघ सस्था खोल्न सहज छ र ?
सहज त पक्कै छैन । तरपनि आवाश्यक्ताले जुरायो । अध्यन गर्नु पर्ने र समयमा काम गर्नु पर्ने भएकाले राती भर्चुअल मिटिङ्ग गरेर कर्णालीका साथीहरु एकजुट भएर यो सफल भयौं । विपदमा कर्णालीलाई सहयोग गर्नु पर्छ भन्ने साथीहरु जुर्मुराए । त्यसैले सस्थाको निर्माण भएको छ । यसमा जापानी साथीहरुले पनि साथ दिएका छन् ।
कर्णालीमा यो समाजले कस्तो पहल र सहयोग गर्छ ?
साथीहरुको आँट र पहललाई एउटा सस्थामा रुपान्तरण गरेका छौं । हामीले धेरै ठूलो सहयोग त गर्न नसकौंला तर भाविदिनमा कर्णालीको विकासका लागि कर्णालीवासीको उन्नतीका लागि हाम्रो पहल हुनेछ । यहाँ सिकेको सिपलाई कर्णालीमा लगाउन प्रदेश सरकारसंग सहकार्य गर्नेछौं । हाम्रो छलफल त्यसरीनै भैरहेको छ ।
विकसित देशमा हुनुहुन्छ, त्यहाँ बसेर नेपाल हेर्दा र विकास निर्माणमा के कुरा ध्यान दिनु पर्ला जस्तो लाग्छ ?
नेपालमा विकासको मोडल देखेको छैन । बाटो खन्दा पनि कुनै अनुसन्धान र दिगो विकासमा ध्यान नदिएर विकास गरिन्छ । त्यो यहाँ छैन । भावि पुस्ताको ख्याल गरेर एकदमै अनुसन्धान गरेर विकास गर्छ जापानमा । सबैकुरा प्लानिङ्गमा गर्न यहाँ तर हाम्रो ठाउँमा अन्धाकुन्ध गरिएको विकासले दिर्घकालिन होईन कि अहिले नै ठैलो क्षेती मोल्नु पर्ने खालको विकास हुन्छ ।
जुन एक दमै गलत छ । त्यसैले अनुशासनमा पहिलो प्राथमिक्ता दिनु प¥यो । जापानले होस या अरुदेशले कसरी विकासमा फड्को मार्यो त्यो अध्यन अनुसन्धान गरेर नेपालले पनि यहाँको मोडल अपनाउनु प¥यो । सहरी एरिया कता राख्ने, बस्ती कता राख्ने, स्कुल कता बनाउने र खेतियोग्य जमिन कता छुट्याउने यस विषयमा अहिले देखिनै ध्यान दिनु पर्छ भन्न चाहन्छु ।
यसो भनिरहदा समयको व्यवस्थापन कसरी गरिरहनु भएको छ ? काम र सस्थालाई अगाडि बढाउदा ?
एक सेकेण्ड पनि खेर जान दिदैन जापानले एकदमै पंचुअल हुन्छन् जापानी । त्यसैले हामी राती काम सकेर हाम्रा गतिविधि अगाडि बढाएका छौं । हाम्रो ठाउँमा आज काम गर्ने भन्यो त्यो दुई, तीन दिन वितिसक्दा पनि पुरा हुदैन । तर यहाँ जापानमा समयको एकदमै महत्व दिईन्छ । भनेको समय भन्दा छिटो भयो भने थप मुल्याङ्कन गरेर थप रकम दिईन्छ भने, भनेको समय भन्दा ढिलो भयो भने कति ढिलो भयो त्यसको दण्ड सजाय हुन्छ । त्यसैले समयको महत्वको एकदमै कार्यान्वयन हुन्छ । यहि विचमा व्यवस्था मिलाएर अघि बढेका छौं ।
विविध समस्याका बावजुत पनि यहाँ सम्मको हिक्मत गर्नु भयो धन्यवाद भन्दै अव अन्तमा के भन्न चाहनु हुन्छ ?
समाजसेवाका लागि उत्सुक कर्णालीका दशै जिल्लाका साथीहरु समाजमा आवद्ध भएका छन् । भावि दिनमा हामीले कर्णाली प्रदेश समाज जापानको तर्फबाट कर्णालीको कला, उत्पादनलाई संसारमा चिनाउने उदेश्य राखेका छौं । कोरोना कहर सकिने वित्तिकै कर्णाली महोत्सव जापानमा गर्ने उदेश्य राखेका छौं । जडिबुटीको अथाह भण्डार, कलासस्कृतिको धनी कर्णाली भएकाले निकट भविष्यमा यहाँ टोक्योमा आयोजना गरेर कर्णालीको पहिचान जापानमा गर्ने योजना छ । त्यसैले अब कर्णालीको पहिचान र प्रचार विश्वभर हुनु पर्छ भन्न चाहन्छु ।
महत्वपूर्ण विचार र समयका लागि यहाँलाई धन्यवाद ।
मेरो आवाजलाई कैलाश खबरमार्फत सम्पूर्ण कहाँ पु¥याउने अवसर दिएकोमा कैलाश खबर परिवारलाई विशेष धन्यवाद । देश, विदेश जहाँ भएपनि कर्णालीका बारेमा चिन्तन गर्ने सबैमा आभार व्यक्त गर्न चाहन्छु । कर्णालीलाई अन्तराष्ट्रिस्तरमा चिनाउन चाहने सबैसाथीहरु एकजुट भएर लागौं भन्दै हाम्रा कुरा समेटिदिनु भयो त्यसका लागि तपाई धेरै धेरै धन्यवाद ।
