कैलाली । भजनी नगरपालिका–७ को चिसापानी–सोल्टा सडक खण्डबाट कर्णाली नदीमा खसेको जीप भेटिएको छ । जीपमा सवार प्रकाश जोशी र उनकी श्रीमती रुवीको अवस्था अझै अज्ञात छ ।
शुक्रबार दिउँसो ‘ब्याक’ गर्ने क्रममा कर्णाली नदीमा खसेको बा ११ च ९३८ नम्बरको जीप फेला परेको जिल्ला प्रहरीले जनाएको छ । ‘टुुक्रा–टुुक्रा भएको अवस्थामा जीप फेला परेको अवस्थामा चेसिस, इन्जिन अझै निकाल्न नसकिएको प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक विष्टले बताए ।
शनिबार बिहानैदेखि टोली खटिएर बेपत्ता जोशी दम्पतीको खोजीमा जुटिसकेको उनको भनाइ छ । जीपको बाँकी रहेको भाग पनि नदीबाट निकाल्ने प्रयास जारी छ ।
उनीहरुको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोरको टोली खटिएको नायब उपरीक्षक विष्टले नेपाल प्रहरी र नेपाली सेनाको टोली समेत परिचालन भएको बताए । तीन छोरा–छोरी वर्ष १३ की लक्ष्मी, वर्ष ४ की सावित्री र वर्ष ३ को भुवन घाइते छन् । उनीहरुको नेपालगञ्जमा उपचार भइरहेको छ ।

