भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कर्णालीमा प्रधानमन्त्री ओलीको ठाडो निर्देशन

कर्णालीमा प्रधानमन्त्री ओलीको ठाडो निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशको विवाद समाधान गर्न ठाडो निर्देशन गरेका छन् । कर्णाली विद्रोहका विषयमा प्रधानमन्त्री निवासमा चलेको छलफलमा प्रधानमन्त्रीले समस्या सुनेर दुवै अध्यक्षको छलफलबाट निष्कर्ष निकालिने आशवासन दिएका छन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमाथि नेकपा संसदीय दलमा बुझाइएको अविश्वास प्रस्तावका विषयमा शनिबार प्रधानमन्त्री निवासमा लामो छलफल चलेको थियो।छलफलमा ओलीले भने, ‘तपाईंहरुको कुरा सुनेँ। अब हामी अध्यक्षद्वय बसेर छलफल गर्छौं र एउटा निष्कर्ष निकाल्छौँ । त्यसलाई तपाईंहरुले मानेर जानुपर्छ।’

सहभागीहरुले पार्टी र सरकार राम्रो बनाउनुपर्नेमा जोड दिए । आइतबार अविश्वास प्रस्ताव दर्ता भएपछि नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रक्रिया स्थगित गर्न र तुरुन्त काठमाडौं आउन दुवै पक्षलाई पत्र पठाए अनुसार मुख्यमन्त्री शाहीसहित नेकपा कर्णाली प्रदेश कमिटीका पदाधिकारी काठमाडौं आएका छन्।

 


Thali Mobile Pvt.Ltd.