भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

कर्णालीले एक अर्बबढी कोरोनामा सक्यो

कर्णालीले एक अर्बबढी कोरोनामा सक्यो

सुर्खेत । कोरोना महामारी नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले एक अर्बबढी रुपैयाँ सकेको छ । क्वारेन्टाइन व्यवस्थापन, आइसोलेसन निर्माण, स्वास्थ्य तथा सुरक्षाकर्मीलाई खाना खर्चलगायत क्षेत्रमा खर्च गरेको सरकारले जनाएको छ ।

१० जिल्लाका स्थानीय तह, अस्पताललगायतका ठाउँमा यो रकम खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ । प्रदेशका ७९ वटा स्थानीय तहलाई १३ करोड २० लाख रुपैयाँ खर्च भएको जनाएको छ ।

सल्यानका १० स्थानीय तहलाई एक करोड ६५ लाख, सुर्खेतका नौ स्थानीय तहलाई एक करोड ७० लाख, दैलेखका ११ स्थानीय तहलाई एक करोड ८५ लाख, जाजरकोटका सात स्थानीय तहलाई एक करोड २० लाख, डोल्पाका आठ स्थानीय तहलाई एक करोड ३० लाख र जुम्लाका आठ स्थानीय तहलाई जुम्लामा १ करोड २५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

यता रुकुम पश्चिमका ६ स्थानीय तहलाई एक करोड पाँच लाख, कालीकोटका नौ स्थानीय तहलाई एक करोड ५० लाख, मुगुका चार स्थानीय तह ६५ लाख र हुम्लाका सात स्थानीय तहलाई एक करोड पाँच लाख प्रदान गरेको छ ।

कर्णाली प्रदेश सरकारले आइसोलेसन बेड व्यवस्थापनका लागि दुई करोड, स्थानीय तहहरूमा एक करोड २५ लाख र खाना व्यवस्थापनका लागि एक करोड चार लाख ३० हजार, सामाजिक विकास मन्त्रालयमातहतका स्वास्थ्य कार्यालय तथा अस्पतालमा ३० करोड ५९ लाख १५ हजार बजेट खर्च गरेको बताएको छ ।

 


Thali Mobile Pvt.Ltd.