भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

आज कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै

आज कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै

काठमाडौँ । नेपाली आज ४५औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदैछ । बीपी कोइराला लगायतका नेताले निर्वासित जीवन अन्त्य गरेर स्वेदश फर्किएको दिनको सम्झनामा विविध कार्यक्रम गरी यो दिवस मनाउँदैछ ।

विसं २०१७ सालमा तत्कालीन राजा महेन्द्रले पहिलो जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई बर्खास्त गरेर निर्दलीय पञ्चायती व्यवस्था सुरु गरेका थिए । त्यसपछि कोइरालासहितका नेतालाई जेलमा कोचेको थियो।

जेलमुक्त भएपछि २०२५ सालमा बीपीसहितका कांग्रेस नेता भारत निर्वासित भए र आठ वर्षको निर्वासनपछि २०३३ साल पुस १६ गते बीपी, गणेशमान सिंहलगायतका नेताहरू राष्ट्रिय एकता र मेलमिलापको सन्देशसहित नेपाल फर्किएका थिए । यही दिनको सम्झनामा राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने गरिएको हो ।

 


Thali Mobile Pvt.Ltd.