२३ बैशाख २०७७ काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ८२ पुगेको छ । बाँकेको नेपालगञ्जमा सात जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ८२ पुगेको हो ।
मंगलबार भेरी अस्पताल, नेपालगञ्जमा सात जनाको स्वाब परीक्षण रिपोर्ट पोजिटिभ आएको हो ।नेपालगञ्ज– ८ का २२, ३० र ४० वर्षीय पुरुष र ९, ३२, ३४ र ५५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टी भएको छ ।
सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेशमा संक्रमण नदेखिए पनि छिमेकी प्रदेशको नजिकै कोरोना संक्रमण बढी रहेकाले सबै नाका सिल गरेको कर्णाली प्रदेशले जनाएको छ । कर्णालीमा अहिले सम्म कोरोना देखिएको छैन ।
कुन प्रदेशमा कति ?
प्रदेश १ मा ३१ जना संक्रमित छन् भने उनीहरुको विराटनगरका अस्पतालमा उपचार भइराखेको छ ।
प्रदेश २ मा १३ जना संक्रमित छन्नी भने उनीहरुको वीरगन्जमा उपचार भइराखेको छ ।
प्रदेश ३ मा संक्रमित भएका ७ जना डिस्चार्ज भएका छन् ।
गण्डकी प्रदेशमा २ जना संक्रमित भएका छन् ।
पाँच नम्बर प्रदेशमा २४ जना संक्रमित छन् ।
सुदूरपश्चिम प्रदेशमा पाँच जना संक्रमित फेला परेका छन् । यसरी संक्रमितको संख्या ८२ पुगेको छ ।
हेर्नुहाेस् भिडियाे…
https://www.facebook.com/Kailashkhabarnews/videos/935028206941613/?t=9
प्रवक्ता विकास देवकोटाले बताए अनुसार अहिले धनगढी, भरतपुर, रुपन्देहीका एकएकजना, नेपालगञ्ज २३, वीरगन्ज ९, विराटनगर ३१ जनाको उपचार भइराखेको छ । अन्य १६ जना भने निको भएर घर फर्किएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
उत्तराखण्ड, १ असार । भारतको उत्तराखण्डस्थित केदारनाथ धाम जाँदै गरेको हेलिकप्टर आइतबार बिहान दुर्घटनामा पर्दा चालक दलसहित सबै ७ जनाको मृत्यु भएको छ। आर्यन कम्पनीको उक्त हेलिकप्टर देहरादूनबाट केदारनाथतर्फ...
काठमाडौं, १ असार । लगातारको वर्षाका कारण देशका विभिन्न नदी तथा खोलाहरूमा पानीको सतह तीव्र रूपमा बढ्दै गएको छ। धनकुटाको मछुवाघाटअन्तर्गत कोशी नदी र सिन्धुलीको रानीचुरीअन्तर्गत कमला नदीमा पानीको...
काठमाडौं, १ असार । पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा चट्याङ लागेर १८ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रोल्पा, मकवानपुर, स्याङ्जा, प्यूठान,...
फिदिम, १ असार । मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज खस्दा घाइते भएका तीन मजदुरको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा बारा सिमरा उपमहानगरपालिका–१२ का २२ वर्षीय...